ताजा समाचार

असाेज २६ गते २०७४

संसद् विघटन कहिले?

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

  संवैधानिक समयसीमा अनुसार संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म छ। तर, संक्रमणकालीन व्यवस्थामा उल्लेखित संविधानको धारा २९६(१) को व्यवस्था अनुसार समयसीमा अगावै निर्वाचन भए मनोनयनको अघिल्लो दिनसम्म मात्र संसद् रहने व्यवस्था छ।

संक्रमणकालीन व्यवस्था अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयनको अघिल्लो दिनदेखि कार्यकाल सकिनेछ। तर, राजनीतिक दलबीचमा प्रत्यक्ष तर्फको मनोनयन वा समानुपातिकको मनोनयन कुनलाई आधार मान्ने भन्नेमा विवाद छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको मनोनयन यही असोज २९ गते हुँदैछ। भने, प्रत्यक्षको कात्तिक ४ गते मनोनयन हुँदैछ। यसअघि कात्तिक ४ गतेसम्म संसदको कार्यकाल रहने दलका नेताहरुले बताइरहे पनि अहिले समानुपातिक मनोनयनसँगै संसद् भंग हुने केहीले तर्क गर्न लागेका छन्।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com