ताजा समाचार

असाेज २६ गते २०७४

सिलिन्डर विस्फोट हुँदा दुईजना घाइते

- सेतो परेवा सम्वाददाता, पोखरा

 पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

बुधबार दिउँसो सिलिण्डर विस्फोट हुँदा घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन् । घाइते दुबै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

पाण्डेको घरमा खाना पकाउनका लागि चुल्होमा जोडिएको ग्यास नबलेपछि नजिकै रहेका चालक विकास नेपालीले लाइटरबाट ग्यास सल्काउन खोज्दा एकैचोटि विस्फोट हुन पुगेको प्रहरीले बताएको छ ।

विस्फोटबाट दुवै जनाको हात, खुट्टा र अनुहारमा आगोले पोलेको बताइएको छ । फाइल फाेटाे

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com