ताजा समाचार

असाेज २७ गते २०७४

गल्कोट समाज अष्ट्रेलियाद्वारा सिड्नीमा भलिबल प्रतियोगिता हुदै

- सेतो परेवा सम्वाददाता,  

दशै तिहार २०१७को उपालक्ष्य पारेर यही अक्टोवर २९ तारिखको दिन गल्कोट समाज अष्ट्रेलियाको आयोजनामा एक दिवसीय भलिबल प्रतियोगिता हुने भएको छ।
तिन बर्ष अगाडी स्थापना भएको गल्कोट समाजले पहीलो पटक यो खेल आयोजना गर्न लागेको छ। बागलुड जिल्लामा पनि गल्कोट भलिबलमा निकै अगाडी रहेको छ ।
गल्कोट लोकप्रिय भलिबल सिड्नीमा झनै लोकप्रिय बनाउने सस्थाको बिशेष तयारी रहेको छ । उक्त प्रतियोगिता सिड्नीको म्यारिक्भिल स्थित PCYC CLUB मा सम्पन्न हुनेछ। सो प्रतोयोगिता मा करिब दस टिम सहभागी हुने अनुमान छ, साथै प्रथम द्रितिय हुने टिम लाई. पुरूस्कार स्वरूप नगद, प्रमाण पत्र ,मेडल ,टर्फी , का साथै खसि प्रदान गरिने छ. सिड्निको व्यस्त दैनिकिबाट समय छुटाएर सम्पूर्ण सिड्नीवासी गल्कोटे र अन्य नेपालीहरु बीच आपसी भाईचारा अभिवृद्धि र मनोरन्जन गर्ने हेतुको साथ उक्त भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो भनेर आयोजक समाजका उपाध्यक्ष कृष्ण सुनारले सेतोपरेवालाइ जानकारी गराउनु भयो ।
एक दिबसीय खुला भलिबल प्रतियोगिता भएकोले खेल बिहानै देखी साझ अबेर सम्म संचालन हुने छ ।

स्थान :- pcyc club

अक्टोवर :- २९
531 illawarra rd , Marrickville,NSW 2204
समय:- ९:०० बजे बिहान देखी साझ ७
सम्पर्क : किस्न : ‭0430 301 813‬
दिपक: ‭0431 026 157‬

 

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com