ताजा समाचार

असाेज २७ गते २०७४

नयाँशक्तिका केन्द्रीय नेतासहित १०० कार्यकर्ता माओवादीमा प्रवेश

- सेतो परेवा सम्वाददाता, काभ्रे,

नयाँशक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य रुपक योन्जनसहित एक सय बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेशको गरेका छन ।

नयाँ शक्ति नेपालका केन्द्रीय परिषदका सदस्यहरु रुपक योन्जन, पन्चलाल घिसिङ ,खड्गबहदुर जिम्बा, टेकबहादुर मोक्तान जोगमान लामासहित एक सय तीन जना माओवादी केन्द््रमा प्रवेश गरेका हुन ।

केन्द्रमा बाम ध्रुविकरण बढिरहेका बेला विभिन्न ठाउँमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेशको लहर चलेको हो । तत्कालिन एमाओवादी केन्द्रबाट फुटेर बाबुराम नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेकाहरु अहिले माओवादी केन्द्रको बैचारिक एंव सैद्धान्तिक विचारधारा ठिक रहेको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन ।

बुधवार पार्टी कार्यालय काभ्रेको बनेपामा एक कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराइएको थियो । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य पर्शुराम तामाङको प्रमुख अतिथ्यमा एक सय तीन जना नेता तथा कार्याकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com