ताजा समाचार

असाेज २९ गते २०७४

NRNA बिश्व सम्मेलन भिजन, उदेश्य छायाँ पार्दै जुँगाको लडाईले सुरुगरायो भोट किनबेच

- सेतो परेवा सम्वाददाता,  

NRNAका बारेमा बिभिन्न व्यक्तिले फरक फरक धारणा राखेको पाइन्छ । हुन त NRNA आफैमा नराम्रो संस्था त होइन । तर पनि सुरुवाती देखिनै यो सस्था आफैमा बिबादरहित बन्न सकेन । माथी नेतृत्वगर्ने हरु बिच को एक प्रकारको बिबाद रहदै गर्दा तल्लो स्थरमा यो सस्था धनिहरुको सस्थाहो, साहुहरुको सस्थाहो भन्ने प्रकारको भाबना पैदा पनि नभएको होइन जुन अहिले सम्म छ । निर्णय गर्ने बेला आफु अनुकुल गर्ने र नेतृत्वमा आउने जुन सुकै उपाय पनि अपनाउने बिषयले NRNAलाइ अझ तरंगित तथा अर्को दृष्ट्रिकोण बाट हेर्ने गरिन्छ ।

जति बेला भिम उदास र राम प्रताप थापा हरुले यस संबन्धित भिजन ल्याए र यस्लाइ सफल पार्न कमाण्डरको रुपमा उपेन्द्र महतो लाइ अगाडी सारे । उपेन्द्र महतोको डाइनमिक ब्यक्तित्व कारणले पनी ठुलो रोल खेल्यो जहा नेपाली त्यहा NRNA स्थापना भयो । यो कालखण्डमा संगठनको बिस्तार द्रुत गतीमा भयो र संगठन कर्ताले यस्को आकार लाइ ठुलो बनाउने कुरा महत्व पुर्ण सम्झे। तर गुणात्मक पक्षमा पटक्क्कै ध्यान पुगेन र संस्थाको सामान्य फ़ण्डामेण्टल नम्मस को बारेमा केही ज्ञान नभएका हरुलाइ एका एक मुल नेतृत्वमा पुराइयो हरेक राष्ट्रीय समितीहरुमा संगठन भित्र मनी र मसल वला को दबदबा रहन गयो , भिजनरी लिडरहरुको चरम अभाब भयो । जस्ले NRNA को बारेमा कल्पना गरेका थिए ति ब्यक्तित्वहरु लाइ बिचबाटो बाटै खेदियो ।

NRNAको मुख्य उदेश्य अहिले छाया मात्र होइन हराएकोछ । अहिले NRNAको चुनाबमा गैर आबासीय नेपालीको हक हित का कुराहरु हराएका छन् । ठिक त्यसको बिपरित अहिले बढेको छ शक्तिकेन्द्र धाउने, कुन पार्टीसंग नजिक हुने, कुन पार्टीका नेतालाइ अर्थले आफु पोल्टा पार्ने त्यो ब्यापक नै बढेको छ जुन लुकाएर लुक्दैन । अहिले पछिल्लो चरणमा जादा अहिले त अधिबेसन को संघारमा आइपुग्दा ठुला राजनैतिक पार्टिका मुख्यालय धाउने मात्र होइन आफ्नो पदको प्यास मेटाउनको लागी पार्टि प्रबेस नै गर्ने अर्को तिर चरम जातीयता का कुरा उछाल्ने जातिय संगठनहरु सलबलाउने । अर्को तिर पैसावलाले कब्जा गर्न खोज्ने सारमा भन्ने हो भने जातीयता , पैसावला र राजनैतिक हरुको क्रिडास्थल बन्यो अथबा यिनै तिन खराब प्रबृतिको त्रिबेणी बन्यो NRNA हिजो जुन पबित्र बिचारले स्थापना गरिएको भए पनी यो संस्था आज हुदै भोली सम्म पुग्दा पुरै स्खलित हुने छ ।
त्यस्को लागी संरक्षयक परिषदले आफ्नो पावरको एक्सरसाइज़ गर्नै पर्छ ।हिजो आफ्ना केही स्वार्थ पुर्ति को लागी आफ्नो अनुकुल का मान्छे भर्ति गर्ने जुन भर्ति केन्द्रका रुपमा यसलाइ बिकसित गरीयो त्यसैको संयुक्त फल हो अहिलेको NRNA।

अहिले काठमान्डौमा भैरहेको गतिबिधि र त्यहाँ उपस्थित प्रतिनिधिहरुलाइ प्रहरी निगरानी, प्रक्राउ ले गर्दा अझ सामान्य मानिसको बुझाइ नै फरक हुन थालेको छ । भविष्य टाईकोटलगाएका ठगहरु जम्मा हुने स्थानको रुपमा परिणत नहोस भन्ने सुपेक्षा समेत व्यक्त गर्दछु ।

यहि संघारमा सार्बजनिक भएको एउटा सममेलनमा उपस्थित प्रतिनिधिहरु को भिडियोले त अझ बिदेश गएका दुख गरेका नेपालीहरु विदेशको सभ्यता सिकेका हुन्छन भन्ने सामान्य व्यक्तिको मानसिकतालाइ सिधै लात हानेको छ ।
दुनियाभर मा जहिले पनी नकरात्मक चाहाना हरु पुर्ति गर्नको लागी संधै सकरात्मक पासाहरु फालिने गरीन्छ। जनमानसमा एउटा संदेस दिइन्छ तर नेपोथ्यमा अलग अथवा निच स्वार्थको लागी त्यस्ता काम गरीएको हुन्छ त्यसको ज्वलन्त उदारण हो । जापानको NCC ले आफ्नो राष्ट्रीय भेला ओकिनावा सहरमा पुगेर गरेयो । मास कन्जमसनको लागी बिभिन्न सहरमा NRNA को दरिलो उपस्थिती जनाउन ओकिनावा मा भेला गरेको आयोजकले बताए पनी भित्री कारण भने आफुअनुकुल का ब्यक्तिहरुलाइ भर्ति गर्न र भिन्न मत राख्ने हरुलाइ बाटो छेक्न कालो बिधान पास गराउने प्रयोजनको लागी गरीएको प्रपंच्च मात्र थियो ।

काठमान्डौमा रातारात कोट टाईलगाएका मान्छेहरु बेचिएका छन् किनिएका छन्, केहि प्रतिनिधि जसले NRNAबाट सकारात्मक अपेक्षा धेरै गर्ने गर्दथे उनीहरु तिन छक परेका छन्, बढी बढाउमा किनबेच हुने महँगो स्थान बन्न पुग्यो NRNAको बिश्व सम्मेलन उनीहरुको भनाइ छ ।

यो त एउटा प्रतिनिधीमुलक घटना मात्र हो यस्ता सयौं घटना यो संस्था भित्र घट्छन भने यस्ता नेतृत्व बाट कस्तो परिणाम को आश गर्न सकिएला ?

NRNA का प्रतिनिधिहरुले यसरि आफ्नो सभ्यता देखाईरहेका छन् हेनुहोस भिडियो :

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com