ताजा समाचार

कार्तिक ४ गते २०७४

“मखमलि”

- सेतो परेवा सम्वाददाता,  

म बर्षै पिच्छे फुलिरा’छु
उनि बर्षेनी प्रतिक्षामा
प्राय: यि दिनहरुमा
भित्तामा टाँसेको दाजिको फोटो
या..मैं तिर हेरेर टोलाउछिन सुन्तलि ।।

उनि भदौ ,असोज
रमाँउदैं मेरो स्याहार गर्छिन
म हलक्क बढेर
ढकमक्क फुलिदिन्छु
ति दिनहरुमा हुन्छ हामिमा रौनक ।।

बर्षेनि गाई तिहारको राति
अत्याड पोख्छिन उनि
भोलि पल्टको उन्को मुहार देखेपछि
म मा ..अरु मौलाउने ,फुल्ने र फक्रिने
चाहना सेलाएर जान्छ ।।

सयपत्रि,गोदावरी ,मगंले र लट्टे फुल जस्तै
मेरो पनि..
मठ – मन्दिर, पुजा-आजामा चढ्ने
सभा-सेमिनारमा सजिने
र ..मालामा उनिने रहर छ
नत्र फक्रिनु/फुल्नुको के मजा ?
तिजमा जान नपाएको माइति
र..तिहारमा भेट्न नपाएको दाजुभाइ
जस्तो लाग्छ चेलिलाइ
त्यस्तै लाग्छ बगैंचाका फुलहरुलाइ पनि ।।

मंसिर पुष पुग्दा खुसि खुसि सुक्छु र झर्छु
फेरि अर्को साल
उम्रिने,फुल्ने र फक्रिने आशामा
त्यसरिनैं सुन्तलि
दाजिको अर्को साल आउने आश्वासनमा
बर्तमानको पिडा भुलाउछिन ।।

दाजिलाइ अागुम साल
स्वदेश फिर्न कुनै अड्चन परेन भनें
सुन्तलि गाईतिहारको दिन रुने थिइनन
दाजिको निधार खालि रहने थिएन
म फुल्नुको अर्थ हुन्थ्यो
अनि बल्ल सवैलाइ जस्तै
तिहार आउँथ्यो यो मखमलिलाइ पनि ।।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com