ताजा समाचार

कार्तिक ९ गते २०७४

स्विफ्ट ह्याकको आशंकमा बाहिरिएको ९० प्रतिशत रकम फिर्ता

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याक’ भएको अनुमानमा बाहिरिएको अधिकांश रकम फिर्ता भएको छ । नेपाल राष्ट्र बैंकले अधिकांश रकम फिर्ता भएको जनाएको छ ।

बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले दिएको जानकारी अनुसार ९० प्रतिशतभन्दा बढी रकम फिर्ता भएको छ । उनका अनुसार ४० करोड रुपैयाँभन्दा बढी ‘स्फ्टि ह्याक’ भएको अनुमान गरिएको छ ।

कारोबार प्रणाली नै ह्याक गरेर रकम अन्यत्रै रकम स्थानान्तरण गरिएको बताइएको थियो । यस विषयमा राष्ट्र बैंकले अनुसन्धान जारी राखेको जनाएको छ ।
त्यस्तै एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बाहिर बजारमा आएजस्तो समस्या बैंकमा नभएको बताए ।

उनले स्विफ्ट (अन्तर्रा्ष्ट्रिय कारोबार गर्न बैंकहरुले अपनाउने एक सफ्टवेयर) ह्याक भएको आशंका मात्र गरिएको बताए । “आशंका गरिएको सबै रकम आइसकेको छ,” उनले भने “एक रुपैयाँ पनि तलमाथि भएको छैन ।”

एनआईसी बैंकका अनुसार क्रस बोर्डर ट्रान्सफर (अन्तर्रा्ष्ट्रिय कारोबार) मा समस्या देखिएका कारण आइतबार सर्भर डाउन गरिएको थियो भने सोमबारबाट सञ्चालन आएको थियो ।

living with ICT  सँग को सहकार्यमा प्रबिधी खबर

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com