ताजा समाचार

कार्तिक १३ गते २०७४

गुल्मी माइक्रो दुर्घटनामा ७ जनाको मृत्यु, ६ घाइते

- सेतो परेवा सम्वाददाता, गुल्मी

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासमका लागि छुटेको माइक्रोबस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ ख ५५०१ नम्बरको माइक्रोबस  गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिनुभयो । माइक्रोबस बुटवलबाट १३ जना यात्रु लिएर तम्घास आएको थियो ।

दुर्घटनामा ज्यान जाने र घाइतेहरुको सनाखत हुन सकेको छैन । प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको  रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था हेरिकन उपचारका लागि पाल्पा पठाउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालकसहित १५ जना थिए । २ जनाको खोजी भइरहेको तम्घासबाट पत्रकार अनिल खत्रीले बताउनु भएको छ  ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com