ताजा समाचार

कार्तिक १५ गते २०७४

गुराँस इन्स्योरेन्सले ‘गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना’ सार्वजनिक

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको छ ।

गत आइतबार ललितपुर गोदावरिमा आयोजना भएको राष्ट्रिय स्तरको उत्कृष्ट अभिकर्ता तथा अभिकर्ता संयोजक भेलामा, प्रमुख अतिथि दीपक नेपाल तथा संचालक समितिका संचलकहरु अपछ कुमार यादव, शिव बहादुर श्रेष्ठ, मेघ राज पौडेल, शम्भु प्रसाद सुवेदीेले संयुक्त रुपमा नयाँ बीमा योजना सार्वजानिक गरेका हुन् ।

आफ्नो लागि, आफ्नो बुढेशकालको लागि तथा आफ्नो सन्ततिको लागि उपयुक्त रहेकोे ‘गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना’ नामको यो नयाँ जीवन बीमा योजनाको मुख्य विशेषता बीमितको सुरक्षित भविष्यको लागि बीमा भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष दिवशमा बीमाङ्कको ६५ रकम पेन्सनको रुपमा बीमितलाई भुक्तानी दिइने छ ।

समारोहमा कम्पनीका नायब महाप्रबन्धक नारायण कुमार भट्टराईले ‘गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना’ को विशेषताहरुको बारेमा जानकारी गराएका थिए ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com