ताजा समाचार

कार्तिक १६ गते २०७४

चर्को विरोधपछि बढाएको इन्धनको मूल्य फिर्ता,

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

नेपाल आयल निगमले बुधबार बढाएको इन्धनको मूल्य फिर्ता लिएको छ । बुधबार राती १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजल, मट्टी तेल र खाना पकाउने ग्याँसमा मूल्य बढाएको थियो ।

विहीबार बिहान बसेको सञ्चालक समितिको आकस्मिक बैठकले हिजो बुधबा र बढाइएको इन्धनको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ । बढेको मूल्य फिर्ता भएसँग पुरानै मूल्यमा इन्धनको खरिद–विक्री हुने छ ।

निगम सञ्चालक समितिका अध्यक्ष तथा आपुर्ति सचिव कृष्णप्रसाद देवकोटाका अनुसार बिहीबार विहान १० बजेदेखि लागू हुनेगरी पुरानै मुल्यमा इन्धन खरिद–बिक्रि गर्नु पर्ने छ । अब निर्वाचन अवधिभर इन्धन नबढ्ने उनले बताए ।

नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ ५० पैसाका दरले मूल्य बढाएको थियो । यसैगरी खाना पकाउने एलपी ग्यासमा सबैभन्दा धेरै प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको तुलनामा निगलले इन्धनको मूल्य नघटाउने तर अन्तराष्ट्रिय बजारमा थोरै बढे पनि बढाउने नीतिको सर्वत्र विरोध हुनेको गरेको छ ।

चुनाबको समयमा मूल्य बढाएको भन्दै निगमको मूल्य बढाउने निर्णयको व्यापक विरोध भएको थियो ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com