ताजा समाचार

कार्तिक २० गते २०७४

इन्सर्चमा न्युजिल्याण्ड अध्ययनलाई लक्षित गरी सेमिनार हुँदै

- सेमिनार निःशुल्क हुनेछ

- सेतो परेवा सम्वाददाता, पोखरा

 उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेश जाने क्रम बढिरहेको छ । यसलाई मध्यनजर गर्दै अध्ययनको लागि न्युजील्याण्ड जान चाहने विद्यार्थीलाई लक्षित गरी ईन्सर्चमा सेमिनारको आयोजना गरिएको छ । कात्तिक २१ गते मंगलबार विहान ११ बजे इन्सर्च इन्टरनेसनल इन्स्टिच्युट सिद्धार्थचोकमा सेमिनार आयोजना गरिएको छ । एक्सेस एजुकेसन नेटवर्कको सहकार्यमा सेमिनार आयोजना गरिएको हो ।

न्युजिल्याण्ड अध्ययनको लागि जान त्यहाँको भिजा पोलिसी, कोर्ष तथा शैक्षिक प्रणाली लगायत विविध विषयमा सेमिनारमा जानकारी प्रदान गरिने इन्सर्च पोखराका निर्देशक बिजय अधिकारिले बताए । १२ कक्षा सकेका र त्यस भन्दा माथिल्लो तहको अध्ययन सकेर थप अध्यन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी सेमिनार आयोजना गरिएको उनले बताए । सेमिनारमा एस्पायर २ का रिजनल म्यानेजर गुरप्रित सिंह कोहलीको प्रस्तुती रहने छ । सेमिनार निःशुल्क हुनेछ ।

‘हामीमार्फत न्युजिल्याण्ड जाने विद्यार्थीबाट राम्रो प्रतिक्रिया पाएका छौं,’ अधिकारिले भने, ‘कोही अध्ययन कै क्रममा हुनुहुन्छ भने कसैले पिआर पनि पाइसकेको अवस्था छ । उहाँहरु हामीसँग सन्तुष्ट हुनुहुन्छ । जसले हामीलाई थप उर्जा मिलेको छ ।’ अक्ल्यान्ड, क्राइस्ट्चर्च, हास्टिङ, तौरङ्गा र वेलिङ्टन रहेको एस्पायर २ प्रतिष्ठित क वर्गको कलेज हो ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com