ताजा समाचार

कार्तिक २० गते २०७४

पेस्तोलसहित तीन भारतीय र एक नेपाली पोखरामा पक्राउ

- सेतो परेवा सम्वाददाता, पोखरा

कास्की प्रहरीले शुक्रबार पक्राउ गरेको तीन भारतीय र एक नेपालीको नाम सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी सहायक निरीक्षक सन्तोष सुबेदीको कमाण्डमा खटिएको चार जनाको प्रहरी टोलीले पोखराको सिद्धार्थचोकबाट बेलुका ४ बजे उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ घर भई पोखरा–१३ बस्ने ३५ वर्षीय अब्दुल मिया तथा भारत राजस्थान बासवडा सिटी कलकत्ता १६ घर भई पोखरा–१३ बस्ने ३९ वर्षीय सिरज अहमद खान, ३१ वर्षका ईम्तियाज अहमद खान र २५ वर्षका कासिफ खान रहेका छन् । उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको कास्की प्रहरीले जनाएको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com