ताजा समाचार

कार्तिक २२ गते २०७४

पुर्ब राष्ट्रपतिको घर भाडा प्रकरणको तरङ्ग

- राजेश चन्द्र राजभण्डारी, बागलुङ

कहीँ नभएको जात्रा हाडी गाउँमा भने झै यतिबेला नेपालका पुर्ब  डाक्टर रामबरण यादवले प्रयोग गर्दै आउनु भएको निबासको घर भाडा नपाएको भनेर घरधनीले राजधानी बाट प्रकाशित हुने अखबारमा सार्वजनिक सूचना प्रकाशित गरेपछि अहिले यो खबर राष्ट्रिय अन्तर्राष्ट्रिय खबर बन्न पुगेको छ ।

नियमानुसार घर धनीलाई मासिक रूपमा बुझाउने सम्झौता भएको रकम सरकारले नबुझाएको कारण अहिले घर धनी रबिभक्त बिष्टले १५ भित्र घर खाली गरिदिन र अहिलेसम्मको घर भाडा रकम बिजुली पानीको रकम बिल अनुसार उपलब्ध गराइदिनु भनेर सुचना जारी गरेपछि अहिले चिसोले कठाङरिएको राजधानी एकाएक तातिन पुगेको छ ।

पूर्वराष्ट्रपति यादवले गत साउनदेखि घरबहाल सम्झौता नवीकरण नगरी बसेको भन्दै घरधनी रविभक्त बिष्टले सोमबार सार्वजनिक सूचना निकाले पछि नेपालको सबै संचार माध्यममा यो घर भाडा प्रकरण भाइरल हुन पुगेको छ ।अहिले जुन सूचना अखबारमा प्रकाशित भएको छ यसले पुर्ब राष्ट्रपतिको मान सम्मानमा धक्का त लागेको छ नै यसले नेपाल कै बेइज्जत भने भएको छ ।

हाम्रो देशमा के गर्ने के नगर्ने केही ठेगान नै हुदैन अहिले देशमा राजा छैनन् अहिले २०६२र६३ को जनआन्दोलनले गणतन्त्र स्थापना भए पछि जनताको छोरा पहिलो पटक रास्ट्रपति बन्न सफल भए अहिले प्रथम राष्ट्रपति भुतपुर्व भएपछि डाक्टर यादबलाई सरकारले सरकारी सेवा सुबिधा दिएर घर भाडामा लिएर सुबिधा सम्पन्न रूपमा बस्ने ब्यबस्था मिलाएको छ ।तर जुन सेवा सुबिधा पुर्ब राष्ट्रपति लाई दिएको छ तर त्यो कुरा किन कहाँबाट रोकियो त अहिले बिचार गर्नुपर्ने कुरा यहीँ हो ।

अहिले पनि पुर्ब राष्ट्रपति डाक्टर रामबरण यादव कहाँ काम गर्ने सरकारी स्तरका कर्मचारी छन् उनका निजि सचिव छन् कसले घर धनी संग घर भाडामा लिने सम्झौता गरेको थियो त्यो कुरा त पक्कै पनि थाहा होला घर धनी रबिभक्त संग लिखित रूपमा भएको सम्झौता पक्कापनी नेपाली भाषामा नै थियो होला घर धनीले पटकपटक खबर गर्दा सरोकार राख्ने निकायले के हेरेर बसिरहेको थियो । किन सम्झौता अनुसार को घर भाडा बुझाउने काम गरिएन यो प्रश्नको जवाफ कसले दिने हो नेपाली जनताले थाहा पाउनु पर्छ ।

जुन घर भाडा प्रकरणले बजार लिएको छ यो अबश्यपनि राम्रो कुरा हैन किन के कारणले रोकिएको हो घरभाडा सरकार संग बैक खातामा पैसा नभएर हो कि सरकारले दिने सेवा सुबिधा भन्दा बढीको घरमा पुर्ब राष्ट्रपति बसेर समस्या सृजना भएको हो त्यो कुरा पनि स्पष्ट हुन जरुरी छ ।हैन सरकारले भने बमोजिम नै हो भने किन तिर्न आनाकानी गरियो त घर भाडा किन घर धनी रबिभक्त बिष्टले अखबारमा सार्वजनिक सूचना प्रकाशित गरेर घर खाली गरिदिनु भन्नु पर्या त समस्या कहाँबाट शुरूभएको हो यसको खोजी हुन जरुरी छ ।

हिजो हामीले बहुदलिय ब्यबस्था हुदा पुरानो सामन्ती राजतन्त्रले राष्ट्रको ढुकुटी सबै सक्यो राजा भनेको राजतन्त्र भनेको सेतो हात्ती हो हाम्रो जस्तो गरिब देशले यसलाई पाल्न सकिदैन त्यसकारण अब देशमा गणतन्त्र ल्याउनुपर्छ सामन्ती राजतन्त्र हटाउनु पर्छ भनेर जसरी हिजो नेपाली जनतामात्र हैन बिश्वका अन्य राष्ट्रमा समेत भ्रम फैलाइयो तर कुरा उहीँ नेपाली पुरानो उखान जस्तो घुम्दै फिर्दै रूम्जाटार भने झै भएको छ यतिबेला अहिले हामीले हिजो नेपाली जनता संग गरेको कुरा भुलिसकेका छौ ।नेपाली जनताको छोरा राष्ट्रपति भए पनि पुरानो सामन्ती राजतन्त्र भन्दा पनि अझ महंगो रास्ट्रको ढिकुटी सकेर पाल्नु बाध्य भएका छौ ।फेरि किन हिजो राजाको बिरोध गरियो अनि कसरी बचत भयो त राष्ट्रको सम्पत्ति अचम्म लाग्दो कुरा यहीँ छ ।

पूर्वराष्ट्रपति रामवरण यादवको घरभाडा राष्ट्रपतिको कार्यालयले तिरेको थिएन । पूर्वराष्ट्रपति यादवले आफूलाई मासिक कति घरभाडा चाहिन्छ भन्ने नखुलाएपछि कार्यालयले भाडा नतिरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।३ महिना देखि अबैध रूपमा पुर्ब राष्ट्रपति यादब रबिभक्तको घरमा बस्दै आउनु भएको छ ।

कार्यालयले यादवलाई ‘२ लाख या १ लाख’ घर भाडा लिनुहुन्छ भनी सोध्दा यादवले जवाफ नदिएपछि भाडा तिर्न ढिला भएको राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल जानकारी दिए । गत माघमा मन्त्रिपरिषद्ले पूर्वराष्ट्रपतिलाई आफ्नै घर नभए २ लाख र घर भए १ लाख रुपैयाँ मासिक भाडा दिने निर्णय गरेको थियो ।तर पनि सरोकारवाला निकाय बिच समन्वय हुन नसक्दा अहिले फेरि एकपटक पुर्ब राष्ट्रपति यादब बिबादास्पद बन्न पुग्नुभएको छ ।देशको गरिमामय पदमा पुगिसक्नु भएको मान्छे बिबादास्पद बन्नु भनेको राम्रो बिषय हैन ।

हामी आफुले आफैलाई बढो प्रजातान्त्रिक भनेर भाषण गर्छौ बिश्वमै नमुना भएको दाबी गर्छौं तर न त हामी संग प्रजातान्त्रिक संस्कार छ न त आचरण नै अमेरिकामा पनि प्रजातान्त्र छ त्यहा पनि राष्ट्रपति चयन गरिन्छ अनि ५ बर्ष पछि पुर्ब राष्ट्रपति बन्छन् अनि पुर्ब रास्ट्रपति आफ्नो काममा फर्कन्छन् ।अहिले पनि हामीले अमेरिकी पुर्ब राष्ट्रपति बाराक ओबामा आफ्नो खर्च जुटाउन आफ्नो पुरानो काममा फर्केको खबर हामी सबैले अखबारमा अनलाइनमा टेलिभिजनमा देखिरहेका छा‌ै तर पनि हाम्रो मनले त्यो कुरालाई छुदैन किन होला हामी एकपटक पदमा पुगेपछि सधै भरी त्यो हैकम रवाफ भैरहनु पर्ने यहीँ संस्कृति र संस्कारको कारण हामीले देशको बिकास गर्न नसकेको हो ।

के अमेरिकी पुर्ब राष्ट्रपति गरिब भएको हुनाले हो त अबश्य पनि हैन हाम्रो देश भन्दा अमेरिका गरिब अर्थतन्त्र भएको देश भएको हुनाले पनि हैन ।हामीले नराम्रो कुरा धेरै सिक्छौ तर राम्रो कुरा र संस्कार भने न त सिक्ने कोसिस गर्छौ न त सिकेर ब्यबहारमा लागू नै गर्छौ ।अहिले समस्या त्यहीँ हो हामी एकपटक लाभको पदमा पुगीसकेपछि जिन्दगीभरी त्यहीँ सेवा सुबिधा खोज्छौ आफुलाई जिन्दगी भर राजा भएको महसुस गर्छौ अनि कति फरक भयो हिजोको सामन्ती ब्यबस्था र अहिलेको गणतन्त्रमा जनताको प्रश्न यहीँ हो ।

अहिले एकजना पुर्ब राष्ट्रपतिको कुरा आयो भोलि ५ र५ बर्षमा देशमा रास्ट्रपति उप राष्ट्रपति फेरिरहन्छ हामीले दर्जनौ राष्ट्रपति उपराष्ट्रपतिलाई राष्ट्रिय ढिकुटी सकेर पाल्नु पर्छ अनि कसरी ठेग्नसक्छ देशले खर्च ।हामीले पनि अमेरिकाको जस्तो नीति बनाउने कि पुर्ब भुतपुर्व भयो भने आफ्नो ब्यबसाय गरेर खान सिक्ने हो भने अबश्यपनि केही सुधार हुनेछ ।अहिले जस्तो घर भाडा बारेको बिबादास्पद खबर अखबारमा छापिने छैन ।सधै सधै भिआईपीको सेवा सुबिधा बढाउने चलखेल पनि बन्द हुनेछ ।

अहिले जसरी पुर्ब राजा ज्ञानेन्द्र जसरी नेपाली नागरिक भएर बसिरहेका छन् त्यो कुरा जनताको छोरा छोरीले पनि सिक्न जरुरी छ ।नेपाली जनताले सधैं सधै महंगो सेतो हात्ती पाल्न गार्‍हो हुन्छ साच्चिकै आफुलाई गणतन्त्रको हिमायती भन्ने हो जनताको छोराछोरी भन्ने हो भने बिलासी सेवा सुबिधा लिन दिन बन्द गर्नु बुद्धिमानी हुनेछ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com