ताजा समाचार

कार्तिक २३ गते २०७४

पोखरामा मनाइयो विश्व रेडियोग्राफी दिवस

- रक्तदान र प्रभातफेरीको आयोजना

- सेतो परेवा सम्वाददाता, पोखरा

रेडियोग्राफी पेशाकर्मीहरुको साझा संस्था नेपाल रेडियोलोजिकल सोसाइटीले प्रदेश नं. ४ को आयोजनामा १२२ औं विश्व रेडियोग्राफी दिवस तथा छैठौं अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस पोखरामा पनि मनाइएको छ ।

सोसाइटीले बुधबार पोखरामा प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको प्रदेश कमिटीका सदस्य कृष्ण केसीले जानकारी दिए ।“हामीहरु तपाईंको सुरक्षाबारे पर्वाह गर्छाैं” भन्ने नाराका साथ विश्वभर मनाइएको यो दिवसको सन्दर्भमा आयोजीत सो प्रभातफेरीमा पोखरा र आसपासमा रेडियोलोजी पेशामा आबद्ध रेडियोलोजिस्ट तथा रेडियोग्राफरहरुको उपस्थिती थियो । कार्यक्रममा रेडियोग्राफी विषय अध्ययन गरी रहेका विद्यार्थीहरुको समेत उल्लेख्य उपस्थीति रहेको थियो । एक्सरे आविष्कार भएको सम्झनामा हरेक वर्ष नोभेम्बर ८ मा विश्वभरी नै यो दिवस बनाइदै आएको छ ।

पहिलो रक्तदाता सोसाइटीका प्रदेश सह संयोजक डा. श्याम सुन्दर पराजुलीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै प्रमुख अतिथी वरिष्ठ रेडियोलोजिष्ट डा. कालु शर्मा सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापा, रेडियोलोजिष्टहरु डा. आनन्द बहादुर श्रेष्ठ, डा. दीपक बगाले, डा. मदन थापा, डा. रोशन पंगेनी र नेपाल रेडियोलोजिकल सोसाइटीका केन्द्रीय सचिव भीम बहादुर थापा अरुण लगायते बोलेका थिए ।

पोखराको चिप्लेढुंगामा आयोजित रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । कार्यक्रम सोसाइटी प्रदेश नं. ४ को संयोजक उदयकान्त तिवारीको अध्यक्षता तथा सचिव विमल क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com