ताजा समाचार

कार्तिक २४ गते २०७४

वामगठवन्धनका उम्मेदवारलाई जिताउन व्यवसायीहरुको भेला

- सेतो परेवा सम्वाददाता, पोखरा

वामगठवन्धनका उम्मेदवारलाई जिताउन पोखराका व्यवसायीहरुको भेला सम्पन्न भएको छ । पोखरा आसपासमा छरीएर रहेका निर्वाचन क्षेत्र नम्वर ३ (ख) का व्यवसायीहरु छलफमा जुटेका हुन् ।

निर्वाचन परीचालन कमिटीले आयोजना गरेको छलफलमा सहभागी विभीन्न संपर्क समाजहरुले अव आफ्नो निवार्चन क्षेत्रमा गएर चुनावी कार्यक्रममा सहभागी हुदै वामगठवन्धनका उम्मेदवारहरुलाई भारी मतका साथ विजय गराउने प्रतिबद्दता समेत जनाएका छन् ।

कार्यक्रममा प्रदेश ‘ख’का उम्मेदवार राजीव पहारीले सम्वोधन गर्दे अव घर-घरमा गएर मतदाताहरुलाई मतदान कसरी गर्ने भनेर सिकाउनु पर्ने वताए । कार्यक्रममा निर्वाचन परीचालन कमिटीका अग्नी कडेल, युवा संघ केन्द्रीय सचिव माधव वास्तोला, लगायतले वोलेका थिए ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com