ताजा समाचार

कार्तिक २६ गते २०७४

बेलायतबाट आफ्नो जन्मभूमिप्रति यसरी अन्तरमनको माया पोखे गायक अनिश पाण्डेले (भिडियो)

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

गायक अनिश पाण्डे बेलायतमा बस्छन् । बेलायतबाट नै संगीत साधनामा उनी समय खर्च गरिरहेका छन् । पाण्डेले राष्ट्रिय भावनाले ओतप्रोत गीत मेरो नेपालको भिडियो सार्वजनिक गरेर आफ्नो देशप्रतिको माया र सद्भावलाई आम नेपाली मनसँग बाँडेका छन् ।

‘मनदेखि मन’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीत लिएर आएका हुन् । गीतमा भानु भट्टराईको शब्द छन् भने गायक स्वयमको संगीत छ । महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com