ताजा समाचार

कार्तिक २७ गते २०७४

नरेशको थारु गीत “प्यार के इन्ट्री” ( भिडियो)

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

पछिल्लो समय थारु भाषाका गीतमाथि म्यूजिक भिडियो निर्माण हुने क्रम बढेको छ । यसैविच थारु भाषाका गीतमा स्वर, संगीत र अभिनय गर्दै आइरहेका नरेश जोगीले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् ।

‘प्यार के इन्ट्री’ बोलको गीतमा शब्द र संगीत नरेशकै छ । स्वरमा नरेशलाई गायिका अन्नु चौधरीले साथ दिएकी छिन् । लोकदोहोरीमा गीतमा लोकप्रिय रहेकी मोडल करिष्मा ढकालले गीतको भिडियोमा अभिनय गरेकी छिन् । उनीसँगै थारु मोडल प्रिन्सराज खुना फिचरिङ छन् । ‘यो थारु भाषाको लभ एण्ड रोमान्टिक सङ हो, आशा छ दर्शकले मनपराउनुहुनेछ,’ गायक जोगीले भने ।

रविन थापाले गीतको भिडियो निर्देशन गरेका हुन् । करण शिशिरले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

 

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com