ताजा समाचार

कार्तिक २७ गते २०७४

राजनीतिमा थुप्रिएको फोहर सफा गरेर समृद्ध मुलुकको सपना साकार पार्न वाम गठबन्धनको साझा उम्मेदवार बनेको अधिकारीको भनाइ

- सेतो परेवा सम्वाददाता, पोखरा

नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का प्रतिनिसधसभा सदस्य उम्मेदवार रविन्द्र अधिकारीले राजनीतिमा थुप्रिएको फोहर सफा गरेर समृद्ध मुलुकको सपना साकार पार्न वाम गठबन्धनको साझा उम्मेदवार बनेको बताउनु भएको छ।
पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै अधिकारीले जनताको बीचमा अस्वस्थ प्रतिस्पर्धी भएर हैन विचारको प्रतिस्पर्धामा उनत्र आव्हान गर्दै शेरबहादुर र रामचन्द्रहरुले आधा दर्जनपटक उम्मेदवार हुँदा केही नबोल्नेले रविन्द्रलाई तीनपटक चुनाव जिताउनु हुँदैन भन्नु दोहोरो मापदण्ड रहेको र यस्तो राजनीति नगर्न सुझाव दिनुभयो ।आफूलाई नेपाली कांगेसका उम्मेदवारले “रविन्द्र दुईपटक चुनाव जितिसक्यो, दुई पटकभन्दा बढी जिताउनु हुँदैन, अब उसलाई हैन मलाई भोट दिनु्” भन्दै गरेको प्रचारप्रति तीब्र आक्रोश व्यक्त गर्नुभएको छ

अधिकारीले जतिबेला कांगेसहरुले आफ्ना नेताहरुलाई अब तपाईलाई पुग्यो, अरुलाई पालो दिनुस् भन्न सक्छन् र त्यतिबेला रविन्द्र पनि चुनाव लड्दैन भन्दै आफू राजनीतिमा थुप्रिएको फोहर सफा गरेर समृद्ध मुलुकको सपना साकार पार्न वाम गठबन्धनको साझा उम्मेदवार बनेको बताउनुभयो ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com