ताजा समाचार

कार्तिक २८ गते २०७४

विश्व विजेता ईटाली विश्वकप फुटबलमा छनोट हुन असफल

- सेतो परेवा सम्वाददाता,  

चार पटकको विश्व विजेता ईटाली अर्को वर्ष हुने विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ ।

गएराति भएको युरोपेली प्ले अफ्को दोस्रो लेगको खेलमा स्विडेनसँग गोलरहीत बराबरी खेलेपछि ईटाली विश्वकपमा छनोट हुन नसकेको हो ।

यसअघि पहिलो लेगको खेलमा स्विडेन १÷० ले विजयी भएको थियो । युरोपेली छनोट समूहमा स्पेनसँगै परेको ईटाली समूहमा दोस्रो हुँदै प्ले अफ्का लागि छानिएको थियो ।

तर प्ले अफ्मा स्विडेनलाई हराउन नसक्दा ईटालीले सन् १९५८ पछि पहिलो पटक विश्वकप फुटबल गुमाउने भएको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com