ताजा समाचार

कार्तिक २८ गते २०७४

नेपाल द्दवारा मलेसियालाई ८ विकेटले पराजीत

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । ४६ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ५.३ ओभरमै पुरा गरेको हो ।

नेपालका लागि अनिल सिहंले अवजित २६ रन बनाए भने दीपेन्द्र ऐरी १२ रनमा आउट भएका थिए । त्यस्तै आसिफ सेखले ४ तथा भिम सार्किले ३ रन जोडेका थिए ।

यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४५ रनमै अल-अाउट पारेको थियो । वर्षाले प्रभावित भएको कारण २४ ओभरमा छोटिएको खेलमा मलेसिया १५.३ ओभरमा अल-अाउट हुन पुग्यो ।

मलेसियाका ओपनरद्वय सइद मुबारक (२०) र भिरन्दिप सिहं (१०)ले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । तर त्यसपछी १२ रनको अवधिमा मलेसियाले सबै १० विकेट गुमायो ।

नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिए । दीपेन्द्र ऐरी र शाहद आलमले २-२ लिए र अनिल कुमार शाहले १ विकेट लिए । मलेसियाका ६ ब्याट्सम्यानले खातै नखोली पेभेलियन फर्किएका थिए ।

अब छनोट हुन नेपालको भाग्य भारत विरुद्ध बंगलादेशको खेलमा निर्भर छ । बंगलादेशले भारतसँग जित मात्र निकाले पुग्छ । दोस्रो स्थिति भने नेट रन रेटमा आधारित छ जहाँँ भारतले बंगलादेशलाई भारी अन्तरले हराउन पर्ने हुन्छ । बंगलादेश १८८ रनको लक्ष्य पछ्याइरहेको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com