ताजा समाचार

कार्तिक २८ गते २०७४

एन आई सी एसियाको अनलाइन बचत खाता

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

एन आई सी एसिया बैंक, आफ्ना ग्राहकहरुको माग तथा चाहना बमोजिम “एन आई सी एसिया अनलाइन बचत खाता” संचालनमा ल्याएको छ ।

यस अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको खाता हो । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नंम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्ने विशेषता रहेको छ ।
अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । यस बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने कुरामा बैंक विश्वस्त छ ।
बैंकले हाल देशभर रहेका आफ्ना १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी एइक् मेशिन मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

करिब ६ लाख ३० हजार ग्राहक महानुभावहरुमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको यस बैंकले यस अनलाइन बचत खाता मार्फत देश तथा विदेशमा रहेका ग्राहकहरुलाई थप सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

living with ICT  सँग को सहकार्यमा प्रबिधी खबर

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com