ताजा समाचार

कार्तिक २८ गते २०७४

नेपाल र फिलिपिन्सले बराबरी खेले, अनिलको ५० खेल पुरासँगै सन्यास

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

नेपालले घरेलु मैदानमा अर्को उच्च प्रदर्शन गर्ने क्रममा एएफसी एसियन कप छनोट चरणको खेलमा फिलिपिन्सलाई गोलरहित बराबरी रोकेको छ ।

 

चैतमा घरेलु मैदानमा भएको खेलमा फिलिपिन्सले नेपाललाई ४–१ ले हराएको थियो । चार वर्षअघि जोर्डनसँग भएको विश्व कप छनोटको पहिलो लेगमा ९–० को हार बेहोरेको नेपालले घरेलु मैदानमा १–१ को बराबरी गरेको थियो ।
यसपटक नेपाललाई हराउँदै अन्तिम खेलअघि नै फिलिपिन्स एसियन कपको अन्तिम चरणमा छनोट हुने दाउमा थियो । तर, नेपालले फिलिपिन्सका हरेक आक्रमणलाई निस्तेज पारेपछि टोलीले टोलीले छनोटका लागि अन्तिम खेल सम्म कुर्नुपर्ने भएको छ । छनोट चरणबाट बाहिरिसकेको नेपालले पनि आफ्नो खातामा २ अंक जोडेको छ । यसअघि फिलिपिन्स र ताजकिस्तानसँग २ खेल हारेको नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै पहिलो अंक जोडेको थियो ।

फिलिपिन्सविरुद्धको गोलरहित बराबरी जत्ति सम्झन लायक थियो, त्यति नै कप्तान अनिल गुरुङको अन्तिम खेलको रुपमा पनि स्मरणनिय रह्यो । दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनलाई अनिलले विट मारेका छन् । ८१ औं मिनेटमा सुजल श्रेष्ठको ठाँउमा मैदान प्रवेश गर्दै अनिलले ५० क्याप पुरा गरेका थिए । सन् २००७ मा ओमानविरुद्ध विश्व कप छनोटको खेलमार्फत अनिलले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

 

खेलेको सुरुआतमा केही समय हावी जस्तो देखिएको नेपाल खेलअघि बढ्दा रक्षात्मक अवस्थामा पुगेको छ । त्यो खेलमा रातो कार्ड पाएका विक्रम लामा आज पहिलो रोजाइमा परेका छन् । अस्ट्रेलियाबाट बोलाइएका जगजित श्रेष्ठले खेल्ने मौका पाएनन् । हिजो प्रि म्याच कन्फ्रेन्समा जगजितलाई मुख्य प्रशिक्षक ग्यातुको कोजीले आफुले नबोलाएको भनेपछि उनको खेल सम्भावना न्यून थियो । उनले जगजितका बारेमा एन्फालाई सोध्न भन्दै सञ्चारकर्मीलाई जवाफ दिएका थिए ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com