ताजा समाचार

कार्तिक २९ गते २०७४

डेनमार्क विश्वकप फुबटलका लागि छनोट

- सेतो परेवा सम्वाददाता,  

 रिपब्लिक अफ आयरल्याण्डलाई हराउँदै डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।

युरोपेली समुहको अन्तिम प्ले अफ् खेलमा गएराति डेनमार्कले रिपब्लिक अफ आयरल्याण्डलाई ५-१ ले हरायो ।

पहिलो लेगमा गोलरहित बराबरी खेलेको डेनमार्कले हिजो आयरल्याण्डमै भएको खेलमा भने सनसनीपूर्ण प्रदर्शन गर्दै ५-१ को जित निकालेको हो ।

खेलमा डेनमार्कलाई विजयी गराउन क्रिश्चियन एरिक्सनले ह्याट्रिक गरे । गएरातिको खेलसँगै विश्वकप फुटबलका लागि युरोपबाट छानिने सबै १४ टोलीको टुंगो लागेको छ ।

विश्वकपमा सहभागि ३२ मध्ये अहिलेसम्म ३० टोलीको छनोट भइसकेको छ । अब दुई वटा अन्तरमहादेशीय प्ले अफ् खेलहरु बाँकी छन् ।

पेरु र न्यूजिल्याण्ड तथा होण्डुरस र अष्ट्रेलियाबीचका दुई विजेता राष्ट्रले रुसको टिकट काट्नेछन् ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com