ताजा समाचार

कार्तिक २९ गते २०७४

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत पैरवि तथा चेतनामुलक अभियान सञ्चालन

- सेतो परेवा सम्वाददाता, पोखरा

नेपाल सरकार शिक्षा मन्त्रालयको समन्वयमा सञ्चालित राष्ट्रीय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत समुदाय परीचालनको विभिन्न कार्यक्रमहरु कास्की जिल्लामा सञ्चालन हुदै आइरहेका छन् । यसै सन्दर्भमा अमेरीकी विकास नियोग (USAID )को आर्थिक तथा प्राविधिक सहयोगमा कास्की जिल्लामा प्रारम्भिक कक्षा पढाई कार्यक्रम विगत डेढ बर्षदेखी कार्यान्वयनमा छ । यस कार्यक्रमले समुदाय तथा परीवारको सहयोग तथा संलग्नता बृद्धि गर्दै प्रारम्भिक कक्षा ( कक्षा १ देखी ३) काबालबालिकाहरुको पठन सीप वृद्धि गर्ने लक्ष्य लिएको हो । परीवार तथा समुदायको कार्यक्रममा सहभागीता वृद्धि गर्नका लागी पैरवि तथा चेतनामुलक अभियान सञ्चालन गर्ने सन्दर्भमा हिजो पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १२ मा कार्यक्रम सम्पन्न भएको थियो  ।

अमरसिह नमुना मा.वि., सितलादेवि सामुदायीक वि., सरस्वति प्रा.वि. का अभिभावकहरु, वि.व्य.स., शि.अ.स.कापदाधिकारी, प्र.अ., शिक्षकहरु तथा स्थानिय आमा समुह, टो.वि.स, नवनिर्वाचित वडा अध्यक्ष,तथा वडा नं. १२ का सम्पुर्ण सरोकारवालाहरुको उपस्थितीमा वडास्तरीय कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सरस्वति आ.वि. का वि.व्य.स.का अध्यक्ष कृष्ण प्रसाद गौतम “धैर्य” को अध्यक्षता, जिल्ला समन्वय समितीका सभापति बैन बहादुर अधिकारी क्षेत्रिको प्रमुख आतिथ्यता तथा वडा कार्यालय वडा नं. १२ का अध्यक्ष रामबहादुर कार्कीको विशेष आतिथ्यतामा सम्पन्न थियो । कार्यक्रममा तिनैवटा विद्यालयका अभिभावक तथा शिक्षकहरु आ-आफ्नो विद्यालयबाट नारा सहित वडा कार्यालयमा पुगी अन्य सरोकारवालाहरु समेत जम्मा भएर पुन नारा लगाउदै अमरसीह मा.वि.को सभाहलमा गएर कोण सभामा परीणत भएको थियो । र्यालिमा सहभागीहरुले बालबालिकाको पढाईमा सहयोग गर्नका लागी आवश्यक सन्देशहरु जस्तै ‘आधा रोटी खाऔ छोराछोरी स्कुल पठाऔं’ , ‘प्रारम्भीक कक्षामा लगानि जिवनभरको आम्दानि’ , ‘छोराछोरी बराबरी स्कुल पठाऔ सरासरी’ ,’ प्रारम्भीक कक्षा जिवनको सार पढ्न पाउने बालअधिकार ‘आदी नारा लगाएका थिए।  कार्यक्रमको उद्घाटन अमरसिह नमुना मा.वि. को कक्षा २ मा अध्ययनरत छात्रहरु समिप पौडेल र विप्लब खनाल साथै प्रमुख अतिथिले सयुक्त रुपमा व्यानर पढेर गरेका थिए । कार्यक्रमका सम्पुर्ण सहभागीलाई शितला सामुदायीक वि. का प्र.अ. बावुराम अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको उद्धेश्यको बारेमा बालहितकारी परीयोजना नेपालका कार्यक्रम संयोजक इन्दिरा पराजुलिले प्रष्ट पारेकी थिईन् । कार्यक्रममा टोल पढाई समुहको सम्पुर्ण गतिविधि र यसले पढाईमा पारेको सकरात्मक प्रभावको बारेमा अमरसिह नमुनामा.वि.को अमरसिह टोल पढाई समुहको संयोजक सम्झना पन्तले धारणा राखेकी थिईन् । कार्यक्रममा बालहितकारी परीयोजना नेपालका कार्यक्रम प्रवन्धक श्री केशव सिग्देलले कार्यक्रमको औचित्यता, यसको सन्दर्भ र सम्पुर्ण अभिभावकहरुको भुमिकाको बारेमा प्रष्ट पार्नुका साथै स्थानिय सरकार बनिसकेको सन्दर्भमा सम्पुर्ण सरोकारवालाहरुको बाल केन्द्रित योजना निर्माणमा महत्वपुर्ण भुमिका हुनुपर्नेमा जोड दिएका थिए । यसैगरी जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक बुद्धि सागर घिमीरेले “पढाई भनेको सीकाईका लागी महत्वपुर्ण विषय हो र राम्रोसँग सिकेको मानिसले मात्र केही कुरा अरुलाई दिन सक्दछ र भन्न सक्दछ तसर्थ यो कार्यक्रमले पढाइ सिपको कुरा गर्ने भएकोले यो अति महत्वपुर्ण छ भन्नुभयो” भने स्रोत व्यक्तिले प्रारम्भिक कक्षा पढाई कार्यक्रम भनेको के हो र यो कसरी नेपाल भरी लागू हुदै छ भन्ने बारेमा जानकारी गराउनुभयो । शितलादेवि सामुदायीक विद्यालयका शिक्षक तथा पठन उत्प्रेरक रामचन्द्र अधिकारीले कक्षाकोठामा भईरहेको शिक्षण प्रक्रिया तथा पाठ्यसामाग्रीको बारेमा जानकारी गराएका थिएभने वडा नं. १२ का अध्यक्ष रामबहादुर कार्कीले अहिले साधारण निवेदन लेख्न समेत नेपालीहरुलाई गाह्रो भईरहेका परिपेक्ष्यमा राम्रोसँग नेपाली पढ्ने बातावरण सानैबाट दिनुपर्छ भन्ने यस किसीमको कार्यक्रमलाई पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितीका सभापति वैन ब. अधिकारी क्षेत्रिले प्रारम्भिक कक्षा पढाई भनेको हाम्रा सन्ततिको पढाईको जग हो तसर्थ यसमा हामी सवैको महत्वपुर्ण भुमिका रहेको र हामीले विद्याललयको पढाईमा मात्र निर्भर नभई आफ्ना छोराछोरीको पढाईलाई घरमा पनि समय दिनुपर्ने कुरामा जोड दिएका थिए भने कार्यक्रमका सभाध्यक्षले अहिलेको पढाई व्यावहारीक शिक्षा हुनुपर्नेमा जोड दीएका थिए । कार्यक्रमको सञ्चालन अमरसिह स्रोतकेन्द्रको पठन उत्प्रेरक तथा अमरसिह नमुना मा.वि.का शिक्षक बसुन्धरा ढकालले  गरेकी थिईन् ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com