ताजा समाचार

कार्तिक ३० गते २०७४

नेपाल आइडल सकिए लगत्तै सुरु हुने भयो अर्को गायन प्रतियोगिता

- यूट्यूव प्रयोगकर्तालाइ खुसिको खबर

- सेतो परेवा सम्वाददाता, काठमाडौँ

नेपाली गित संगित प्रति नयाँ पुस्ताको झुकाब र यसमा टेलिभिजनका सांगितिक रियालिटि सो हरुको प्रभाव ब्यापक देखिन थालेको छ । नेपाल आइडलको ब्यापक चर्चा र यसको क्रेज कम हुन नपाउँदै अर्को एउटा गायन रियालिटि सो हुने भएको छ । केहि समय पछि नै प्रशारण सुरु हुने यो कार्यक्रममा अनलाइन मार्फत नै अडिसन दिन सकिने छ ।  

द होराइजन मल्टीमिडिया प्रा.लि ले होराइजन कभर सङ् कम्पिटिसनको नाम बाट गायन प्रतियोगिता गर्न लागेको कार्यक्रमको संयोजक संगित बरालले जानकारी दिएका छन् । यू ट्यूब प्रतिको मानिसहरुको क्रेजलाइ मध्यनजर गर्दै प्रतियोगिहरुलाइ पनि अनलाइन मार्फत नै अडिसन लिइरहिएको उनले जानकारी दिएका छन् ।

कार्यक्रममा सहभागि हुन चाहनेले मोवाइलमा आफुले गाएको गितको भिडियो बनाएर thehorizonmultimedia@gmail.com मा इमेल गर्नु पर्ने छ । पहिलो चरणमा आएका भिडियो हरुलाइ यूट्यूवमा अपलोड गरिने छ र त्यसमा दर्शकहरुको भ्यू र मतका आधारमा एक लेभलको जज गरिने छ भने चर्चित संगितकार र गायकहरु जजको रुपमा रहेर उनिहरुलाइ दोस्रो चरणको लागि छान्ने छन् । अडिसन राउण्ड सम्म यूट्यूवमै सबै कार्यक्रम प्रशारण गरिने भए पनि दोस्रो चरण बाट कार्यक्रम यूट्युवको साथमा टेलिभिजनमा पनि प्रशारण हुने छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख, एउटा गित रेकर्ड तथा म्यूजिक भिडियो निर्माण लगायतका धेरै पुरस्कारहरु पाउने छन् भने उत्कृष्ट तिन ले समेत गित रेकर्ड र त्यस्को म्यूजिक भिडियो निर्माणको अवसर पाउने संयोजक बरालले बताएका छन् ।

अडिसनका लागि भिडियो पठाउने अन्तिम मिति यहि डिसेम्बर १ तारीख सम्म रहेको बताइएको छ ।

कार्यक्रममा सहभागिताका लागि होराइजन मल्टिमिडियाको अफिसियल फेसबुक पेज लाइक गर्नु पर्ने र यूट्यूव च्यानल “RK’S PRODUCTION ” सब्सक्राइब गर्नु पर्ने छ ।  

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com