ताजा समाचार

मंसिर ३ गते २०७४

“श्रद्धान्जलि “

- बिष्णु प्रसाद घिमिरे, नागोया जापान

मेरो शवयात्रा सुरु नहुदैं
सात समुन्द्रपारिबाट
श्रद्धासुमनका हरफहरु
सामाजिक संजालमा पोष्टिएका रहेछौ मित्र
म कसरि आभार व्यक्त गरौं ??

जिवनका तिन दशक काट्नै लाग्दा
तिम्रा र मेरा विचारहरु कहिल्यै एकमत हुनसकेनन
चाहे स्कुलमा पढ्दाहोस
गौचरनमा खेल्दा होस
या समाज परिवर्तनका विषयमा होस
जिवनको दर्शननैं फरक थियो हाम्रो
हुन त एउटै होस पनि कसरि ??
हाम्रो रगतनैं फरक
बोनम्यारो नैं अलग
तिमि मुखियाको नाति
भगौडा युवा
म मुक्तिकामि नेताको छोरा
अगंरक्षक अनि सेवक ।।।।

निरमाया वि.क.लाई दुइ जिउकि बनाएर तिमि भाग्दा
मैले खोजे पनि , सम्झिइरहने फुर्सद पाइन
तिमिले भनें खोजिरह्यौ,पछ्याइरह्यौ
मेरा स-साना मानवीय त्रुटिहरु खोतलिरह्यौ
सामाजिक संजालमा ओकलिरह्यौ
परिवर्तनको आन्दोलनलाइ तथानाम वकिरह्यौ
आज पहिलो चोटि….मेरो बारेमा
केहि सरल र भावपुर्ण लेख्यौ
जतिवेला म धर्तिबाट टाढिइसकेको थिए ।।

जिन्दगिको दौरानमा हजारौं सहकर्मी योद्दाहरु
आत्मिय प्रियजनहरु
गुमाँउदैं हिडेको मलाइ
तिमिले बिगत केहि बर्ष देखि सँझिरह्यौ
त्यहि नाताले
एउटा अनुरोध गर्दछु
“अव देश फर्क मित्र”
देश फर्क ।।।।

देश फिर्नासाथ
काका काकिलाइ घर ल्याउनु
आश्रममा दु:खि हुनुहुन्छ वहाँहरु
काका कै अनुहारका हर्के मगरलाइ
अशं दिलाइदिनु
निर माया वि.क.ले जन्माएर
एक्लै हुर्काएकि डल्लेलाइ
आफ्नो नाम दिनु ।।

परदेशमा कति कुंदछौ ?
नाडिमा बाधेंको घडि जसरि
कति बनाँउछौ ?
मरुभुमिलाइ उर्वरभुमि
अग्ला अग्ला महल र फराकिला बाटाहरु
हात खियाएर कति टल्काँउछौ जुठा भाँडाहरु
अव देश फर्क ।।

राजनैतिक परिवर्तन सगैं
सम्भावनाका ढोकाहरु खुलेका छन
देशले जनशक्ति खोजेको छ
तिम्रो ज्ञान सिप र पुँजिले
जन्मभूमि सिंचिने बेला आएको छ
पासपोर्ट को रगं बदल्नुछ
फेरि पनि अनुरोध गर्दछु
घर फर्क
यदि मेरो अनुरोध स्विकारिदियौ भनें
म प्रति त्यहिनैं सच्चा “श्रद्दान्जलि “हुनेछ ।।।।

 

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com