ताजा समाचार

मंसिर ४ गते २०७४

पोखरामा जारी बृहत् सफाइ अभियानको ७७अौं श्रृङखला फेवाताल किनारमा र नमुना मतदान कार्यक्रम

- सेतो परेवा सम्वाददाता, पोखरा

पोखरामा जारी बृहत् सफाइ अभियानको ७७अौं श्रृङखला फेवाताल किनारमा उल्लेख्य सहभागिता सहित सम्पन्न भएको छ।हप्तामा एक घण्टा: राष्ट्रका लागि स्वयंसेवा भन्ने उद्देश्यले संचालित कार्यक्रममा झण्डै ५ टन फोहरमैला संकलन भएको खहरे आमा समुहका अध्यक्ष मैयाँ थापाले बताएकी छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक उपरीक्षक खड्कबहादुर खत्रीले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेको कार्यक्रममा राष्ट्रिय सम्पदा तगा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष शशि तुलाचनले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको सपथ गराएकी थिइन।सफाइ अभियानलाई तीनवटै सुरक्षा निकाय, पोखरा लेखनाथ महानगरपालिका, मुक्तिनाथ विकास बैंक, अोम डेभलपमेन्ट बैंक, खहरे आमा समूह, स्थानीय विद्यालय, सामाजिक संघसंस्था लगायत विभिन्न क्षेत्रका अभियन्ताहरुले साथ दिएका थिए।

कार्यक्रममा उपस्थित सहभागीलाई पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले धन्यवाद ज्ञापन गरेका थिए।सफाइ कार्यक्रम लगत्तै क्षेत्रीय निर्वाचन कार्यालयको प्राविधिक सहयोगमा मतदाता शिक्षासँगै नमुना मतदान कार्यक्रम गरिएको थियोे। क्षेत्रीय निर्वाचन कार्यालय पोखरा प्रमुख गंगालाल सुवेदीले मतदान गर्ने तरिकाबारे जानकारी गराएका थिए। कार्यक्रममा स्थानीय ९२ वर्षीया मङ्गला जलारीले नमुना मतदानको शुभारम्भ गरेकी थिइन् ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com