ताजा समाचार

मंसिर ५ गते २०७४

ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै पोखरामा नगरबस ठप्प

- सेतो परेवा सम्वाददाता, पोखरा

पर्यटकीय नगरी पोखरामा नगरबसहरु आज बिहानदेखि चलेका छैनन् । ट्राफिक प्रहरीले आफूहरुमाथि ज्यादती गरेको भन्दै पोखराका नगरबसका स्टाफहरुले नगर बस चलाउन नमानेकाकारण पोखरामा नगरबसहरु नचलेका हुन् ।

ट्याक्सी चढ्न नसक्ने सर्वसाधारहरु मर्कामा परेका छन् । नगरबस स्टपहरुमा पोखरा बस व्यवसायी समतिद्वारा सञ्चालित बसहरुको तााती लागेका छन् । जसकाकारण पोखराको सवारी आवागमनमा केही प्रैभावित गरेको छ । सवारी आवागमनलाई सूचारु गर्न प्रहरीले कोशिश गरिरहेको छ । सवारी आवागमन सूचारु गर्ने प्रहरीहरुको प्रयासलाई अस्वीकार्दै यातायात मजदूरहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले बसस्टपको दूरी टाढा भएकाकारण भनेको ठाउामा नरोक्दा आफूहरुलाई यात्रीले गाली गर्ने गरेको, ट्राफिक प्रहरीले आफूहरुलाई कानूनी कारवाही गर्ने नाममा अपशब्द प्रयोग गर्ने गरेको समेत गुनासो गरे । साथै उनीहरुले नियमविपरीत गरेको भन्दै ट्राफिक प्रहरीले गार्डीको स्टाफलाई पछाडि बोलाएर तीनसय रुपियाा घुस लिने गरेको आरोप समेत लगाए ।

यातायात मजदूरहरुको गुनासोप्रति जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सई शिवबहादुर थापाले प्रतिक्रिया दिन मानेनन् । अहिले यातायात मजदूरहरुको गुनासोका बारेमा जिल्ला प्रहरी कार्यालय कास्कीमा छलफल गर्ने तयराी भईरहेको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com