ताजा समाचार

मंसिर ७ गते २०७४

चमेलिया जलविद्युत आयोजनाको आजदेखि प्रशारण लाइन परीक्षण हुने

- सेतो परेवा सम्वाददाता,  दार्चुला

दार्चुलाको बलाचमा रहेको चमेलिया जलविद्युत आयोजनाको बिहीबारदेखि प्रशारण लाइन परीक्षण कार्य सुरु हुने भएको छ ।

२००७ देखि निर्माण कार्य सुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको बिहीबारदेखि प्रशारण परीक्षण हुने आयोजना प्रमुख अजय दाहलले जानकारी दिनुभयो । नेपाल सरकार तथा नेपाल विद्युत प्राविधकरणको संयुक्त लगानीका साथै दक्षिण कोरीया सरकारको ऋण सहयोगमा दार्चुलाको बलाचमा १ सय ३२ केभी विद्युत प्रवाह चार्ज गरिन लेगेको बताइएको छ ।

२००७ को जनवरीमा सुरु गरिएको चमेलिया जलविद्युत आयोजना सन् २०११ को डिसेम्बरमा सक्ने लक्ष्य लिइएको थियो । सुरुमा आठ अर्ब ५० करोडमा निर्माण गरिसक्ने अनुमान गरिएको आयोजनाको लागत दोब्बरले काम भएको छ । ३० मेगावाट क्षमता रहेको सरकारको पूर्ण लगानीमा निर्माण भइरहेको यो आयोजना सुदूरपश्चिमको ठूलो आयोजना हो ।

बिहीबार परीक्षण गरीने भएकाले दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचदेखि बैतडी, डडेल्धुरा, डोटी हुँदै कैलालीको गोदावरी, अत्तरीया सम्मका टावर तथा अन्य संरचना छुने, टावरमा चढ्ने जस्ता कार्य नगर्न चमेलीया जलविद्युत आयोजनाले आग्रह गरेको छ । यदि कसैले टावरमा चढेमा, संरचना छोएर कुनै घटना भए आफू जिम्मेवार नरहेने आयोजना प्रमुख दाहलले बताउनुभयो ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com