ताजा समाचार

मंसिर ११ गते २०७४

‘पद्मावती’ चलचित्र प्रदर्शनको रोक्नका लागि चौतर्फी दबाब

- सेतो परेवा सम्वाददाता,  

यसै प्रदर्शनमा आउन लागेको सञ्जयलीला भन्सालीको बलिउड चलचित्र ‘पद्मावती’को प्रदर्शन रोक्न चौतर्फी दबाब आएको छ । यो फिल्मलाई अहिलेसम्म पनि सेन्सर बोर्डले प्रदर्शनका लागि पास गरेको छैन । फिल्मलाई जनताको दबाबका कारण सेन्सरमा रोक्नुपरेको सेन्सर बोर्डको जवाफ छ । यही दबाबका विरुद्ध बलिउडकर्मी सडकमा उत्रिएका छन् ।

पद्मावतीले प्रदर्शन हुन पाउनुपर्छ भन्दै आइतबार बलिउडकर्मी तथा त्यहाँका टेलिभिजनकर्मीले १५ मिनेट काम छाडेर ‘ब्लाकआउट’ गर्दै पद्मावतीको समर्थनमा उत्रिए ।

सो फिल्मका निर्माता अशोक पंडितले शनिबार समर्थनको आह्वान गरेपछि आइतबार सिनेकर्मीहरूले उनी र सञ्जयलीला भन्सालीलाई साथ दिँदै समर्थन जनाएका हुन् ।कार्यक्रममा सबै सिनेकर्मी तथा टेलिभिजनकर्मीले हामी आजाद छौं र हामी हरेक विषयमा फिल्म बनाउन सक्छौं भन्ने नारासमेत लगाए ।

उनीहरूले ‘मै आजाद हुँ’ लेखेको प्लेकार्डसमेत प्रदर्शन गरे । दक्षिण भारतका सुपरस्टार कमल हासन, बंगाली फिल्मका सुपरस्टार प्रोसेनजित चतर्जी, अभिनेत्री रानी मुखर्जीसहित बलिउडका सबैजसो स्टारले यो अभियानलाई पद्मावतीलाई साथ दिएका छन् ।

अग्रज अभिनेता शत्रुघन सिन्हाले त फिल्म पद्मावतीलाई सेन्सर बोर्डले रोक्नुले फिल्म बनाउने मौलिक अधिकारमाथि हनन भएको बताएका छन् । आगामी १ डिसेम्बरमा रिलिज हुने भनिएको यो फिल्मले प्रदर्शन हुन पाउनुपर्छ भन्ने आवाज उनले उठाएका छन् । एजेन्सी

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com