ताजा समाचार

मंसिर १८ गते २०७४

राज बल्लभले अमेरिकामा लगनगाँठो कसे

- सेतो परेवा सम्वाददाता, काठमाण्डौ

अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नायक राज बल्लभ कोइरालाको विवाह सम्पन्न भएको छ ।

आइतबारका दिन नायक कोइरालाको लामो समयदेखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमलीसँग लगनगाँठो कसेका हुन् । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन् ।

उक्त वैवाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदारसँगै शुभचिन्तक, साहित्यकारसमुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।

नायक कोईरालाले दुई महिना अगाडी विवाह गर्ने तय भएको सामाजिक सञ्जालमा लेखेका थिए ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com