ताजा समाचार

मंसिर १८ गते २०७४

‘अनुशासनहिन’ नेयमार

- सेतो परेवा सम्वाददाता,  

विश्वका कीर्तिमानी र महंगा खेलाडी नेयमार पिएसजीसँग आबद्ध भएको केहि महिना मात्र बित्दै छ । पिएसजीसँग लिगका १२ खेलमा नेयमारले ९ गोल गरिसके, तर जति राम्रो उनको गोल गर्ने आँकडा छ , त्यति नै अनुशासनको कमि उनमा देखिएको छ ।

neymar

पिएसजीसँग १२ खेलमा मात्र उनले ५ पटक पहेलो कार्डको सामना गरे भने १ पटक रातो कार्ड पनि पाएका छन् । यस आँकडाले उनमा अनुशासनको कमि भएको देखाउँछ । अघिल्लो खेलमा फ्रान्सको शिर्ष लिगमा नवप्रवेशी क्लब स्ट्रासबर्गसँग पिएसजीले सिजनको पहिलो हार बेहोर्दा पनि नेयमारले पहेलो कार्डको सामना गरे । खेलको इन्जुरी समयमा डिमिट्री लियनार्डलाई कठोर ट्याकल गरेका नेयमारलाई पहेलो कार्ड देखाइएको थियो ।

खेलपछि लियनार्डले गरेको खुलासाले नेयमारले नियतबस ट्याकल गरेको देखाउँछ । ‘तिमि डाइभ गर्दैछौ’ , नेयमारले लियनार्ड फौल गरेपछि भनेका थिए । लियनार्डले यसमा असन्तुष्ट हुँदै बताए , ‘मैले नेयमारलाई त्यसबेला तिमी स्टार हौ र मनलाग्दी गर्छौ तर मेरो अघि यस्तो गर्दा म तिमीलाई चोट पुर्याउन चाहान्छु भन्नु पर्ने रहेछ ।’

नेयमारले मुख्यतः खेलाडीहरु र रेफ्रीसँग वहस गर्दा पहेलो कार्ड पाएका छन् । मार्सेलसँग पनि उनि रेफ्रीसँग भनाभन गर्ने क्रममा रातो कार्ड पाएका थिए । त्यसै कार्डका कारण निससँगको खेल गुमाएका उनले अब लिलीसँगको खेलपनि प्रतिबन्धमा बिताउनु पर्नेछ ।

एक असल र उदाहरणीय खेलाडी बन्न नेयमारले अनुशासनमा सुधार ल्याउन जरुरी छ । यसले उनीमाथि विश्वास गरेर ठूलो रकम लगानी गरेको पिएसजी र नेयमार स्वयम्लाईपनि फाइदा पुर्याउने छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com