ताजा समाचार

मंसिर १८ गते २०७४

गगन थापालाई लक्षित गरी बम विस्फोट, थापासहित सातजना घाइते

- सेतो परेवा सम्वाददाता, काठमाण्डौ

काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित सातजना घाइते भएका छन् ।

चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उहाँको सचिवालयले जनाएको छ ।

थापासहित सबै घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com