ताजा समाचार

मंसिर १८ गते २०७४

राष्ट्र बैंकले अनलाइन र मोबाइल कारोबारलाइ सिमितता दिने प्रयास

- सेतो परेवा सम्वाददाता, काठमाण्डौ

नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालयले यसै ०७४ मङगशिर १४ गते जारि गरिएको एक मस्यौदा अनुसार ‘ मोबाइल बैंकिंङ  मार्फत दैनिक कारोबार गर्दा एकपटकमा बढीमा ५ हजार वा एकदिनमा अधिकतम १० हजार सम्मको कारोबार गर्न सकिने छ, भने मासिक रुपमा ५० हजार भन्दा बढीको भुक्तानी कारोबार गर्न पाइने छैन ।

‘ राष्ट्र बैंकले विद्धुतीय बैंकिंङ सुबिधा लिएका ग्राहकहरुका लागि विद्धुतीय खातामा रकम जम्मा तथा खर्च सीमा सम्बन्धि यस्तो निर्देशनको मस्यौदा तयार गरेको हो ।

प्रस्तावित मस्यौदामा सरोकारवालाको राय र सुझाबका लागि राष्ट्र बैंकले १५ दिनको समय दिएको छ र उक्त मिती  भित्र प्राप्त सुझाबहरु उपयुक्त भएमा  राष्ट्र बैंकले आफ्नो नियम हेरफेर गरेर निर्देशन जारि गर्ने समेत जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ‘ इन्टरनेट बैंकिंङमार्फत भूक्तानी कारोबार गर्दा  दैनिक रुपमा अधिकतम १ लाख सम्मको कारोबार गर्न सकिने छ । तर मासिक रुपमा अधिकतम ५ लाख भन्दा बढीको कारोबार गर्न पाइने छैन ।’ साथमा इन्टरनेट बैंकिंङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुको खातामा रकम ट्रांन्सफर गर्दा एकपटकमा बढीमा १ लाख सम्म र मासिक रुपमा भने बढीमा १० लाखसम्मको कारोबार गर्न सकिने ब्यबस्था गरेको छ । ‘

यसैगरि प्रिपेड कार्डबाट रकम झिक्दा कम्तिमा ५ सय देखि ५ हजारसम्म वा प्रतिमहिना अधिकतम २५ हजारसम्म झिक्न पाइने ब्यबस्था गरिएको छ । डेबिड कार्डबाट एकपटकमा आधिकतम २५ हजार र प्रतिदिन १ लाख झिक्न सकिने सीमा तोकिएको जनाइएको छ ।

राष्ट्र बैंकले विधुतीय खाताबाट  रकम ट्रान्सफर गर्ने सम्बन्धमा पनि सीमाहरु तोकिदिएको छ,जहाँ बैंक तथा वित्तीय संस्थामा रहेको विधुतीय खाताबाट वालेटमा अथवा एक वालेट बाट अर्को वालेटमा रकम ट्रान्सफर गर्न सकिने छ ।

यसरि ट्रान्सफर गर्दा एकपटकमा प्रति कारोबार १ सय देखि  ५ हजारसम्म गर्न सकिने र प्रतिदिन बढीमा १५ हजार सम्म ट्रान्सफर गर्न सकिन्छ साथै एटिएम जस्ता उपकरणबाट जस्तै मोबाइल,टिभी तथा इन्टरनेटको बिलहरु तिर्न परेमा पनि यहि नियम लागु हुने उक्त जारी गरिएको सीमा सम्बंधी सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक सन्स्था र रेमिट्यान्स कम्पनिहरुले संचालनमा ल्याएका डेबिड,क्रेडिट र प्रिपेड कार्ड जस्ता  उपकरणहरु मोबाइल र इन्टरनेट बैंकिंग तथा भुक्तानी सेवा प्रदायक कंम्पनीबाट संचालन हुदै आएका छन् ।

विधुतीय कारोबार,ट्रान्सफर,वस्तु तथा सेवा खरिदका लागी गरिने भुक्तानी र रेमिट्यान्स बाट हुने भुक्तानीमा एकरूपता ल्याई त्यसबाट हुने जोखिमलाइ न्यूनीकरण गर्ने उद्देश्यलेनै राष्ट्र बैंकले विधुतीय खाता सम्बन्धि यस्तो सीमा निर्धारण गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट विद्धुतीय माध्यममा  कारोबार गर्नका  लागि अनुमति प्राप्त बैंक  तथा वित्तीय संस्था  भुक्तानि  सेवा प्रदायक संस्थाहरुले सीमा कारोबारको अभिलेख,कारोबार सम्पन्न भएको मितीले कम्तीमा ५ वर्ष राख्न पर्ने नियम पनि निर्देशन जारि गरेको छ ।

साथमा विद्धुतीय कारोबारको सीमा सम्बंधी नीति नियम पालना नगरेमा राष्ट्र बैंकले  नेपाल राष्ट्र  बैंकको ऐन वमोजिम कारबाही पनि हुन सक्ने भनि गत मङगशिर १४ गते जारी गरिएको सूचना मा उल्लेख गरेको छ ।

living with ICT  सँग को सहकार्यमा प्रबिधी खबर

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com