ताजा समाचार

मंसिर १९ गते २०७४

चर्चित अभिनेता शशी कपुरको निधन

- सेतो परेवा सम्वाददाता, काठमाण्डौ

चर्चित अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ । पहिल्लो समय मृगौला रोगबाट पीडित कपुरको मुम्बईको कोकिलाबेन स्थित धिरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा सोमबार निधन भयो ।

कपुरको निधन पुष्टी गर्दै मंगलबार बिहान अन्त्येष्टी परिवार निकट स्रोतलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कपुरको मृत्यु प्रति बलिउडका कलाकार, शुभचिन्तक लगायतले माइक्रोबल्गिङ साइट ट्विटर र फेसबुक मार्फत समवेदना दिएका छन् ।

५० को दशकबाट फिल्म खेल्न सुरु गरेका कपुरलाई ७० र ८० को दशकमा बलिउडमा रोमान्सका लागि चर्चित थिए । कपुरले १५० बढी हिन्दी र एक दर्जन अंग्रेजी फिल्ममा अभिनय गरेका थिए ।

उनका जब जब फूल खिले, वक्त, दिवार, त्रिशुल, हसिना मान जाएगी लगायतका फिल्म चर्चित छन् ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com