ताजा समाचार

मंसिर १९ गते २०७४

च्याम्पियन्स लिगमा बायर्न म्युनिख र पिएसजी भिड्दै

- सेतो परेवा सम्वाददाता,  

एजेन्सी) – विश्व क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगमामा समूह चरणअन्तर्गत  जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) एक आपसमा भिड्दै छन् ।

 

बार्यन र पिएसजी बीचको खेल बार्यनको घरेलु मैदानमा हुदैछ । समूह चरणको पहिलो खेलमा पिएसजीले म्युनिखलाई ३–० ले पराजित गरेको थियो । त्यही बदला लिने दाउमा म्युनिख हुनेछ भने, पिएसजी आफ्नो जितलाई निरन्तरता दिने अभियानमा हुनेछ ।

समूह ‘बी’ मा पिएसजी १५ अंक र म्युनिख १२ अंकसहित यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् । पिएसजी फ्रान्सेली लिग वान को शीर्ष स्थानमा छ भने बार्यन म्युनिख पनि जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा छ।

यस्तै समुह ‘सी’ मा चेल्सी र एट्लेटिको म्याड्रिडबीचको खेल पनि निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । चेल्सी १० अंकसहित शीर्ष स्थानमा छ भने एट्लेटिको म्याड्रिड ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । नकआउट चरणमा पुगिसकेको चेल्सी घरेलु मैदानमा एट्लेटिको म्याड्रिडलाई पराजित गर्ने लक्ष्यमा हुनेछ ।

त्यस्तै एट्लेटिको म्याड्रिड चेल्सीलाई पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ । यो समूहमा रोमाले क्वाराबागसँग खेल्दैछ । रोमा ८ अंकसहित दोस्रो स्थानमा छ । एट्लेटिको म्याड्रिडले चेल्सीलाई पराजित गरेको र रोमा क्वाराबागसँग पराजित भएको खण्डमा एट्लेटिको म्याड्रिडले नकआउट चरणमा स्थान बनाउने छ ।

प्रतियोगितामा समूह ‘ए’ मा म्यानचेष्टर युनाइटेड १२ अंकका साथ शीर्ष स्थानमा छ । युनाइटेडलाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेलमा जित आवश्यक छ । समुह ‘डी’ मा ११ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा कायम रहदै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com