ताजा समाचार

मंसिर १९ गते २०७४

‘नेयमार रियल जाने सम्भावना छैन’ – स्वारेज

- सेतो परेवा सम्वाददाता,  

( एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले पूर्व सहकर्मी नेयमारलाई भविष्यमा रियल म्याड्रिडमा जाने आफुले नदेखेको बताएका छन् । ब्राजिलियन सुपर स्टार नेयमार यहि सिजन विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए ।

तर, क्लबका अर्का स्ट्राइकर इडिन्डस काभानीसँगको सम्बन्ध चिसो हुँदै गएकाले उनले पिएसजी चाँडै छाड्ने अनुमान गरिएको छ । नेयमार पुन ला लिगामा फर्कने र रियल जाने सम्भावनाका विषयमा स्वारेजले मार्कासँग भने, ‘नेयमार रियल जान्छन् भन्ने मलाई लाग्दैन । कम्तीमा अहिले मैले त्यो सम्भावना देखेको छैन । बार्सिलोना प्रति उनले देखाउने इज्जत र पूर्व सहकर्मीहरुका कारण पनि उनी रियल जाने मैले कल्पना गरेको छैन ।’

स्वारेजले नेयमारका लागि क्लब छोड्ने निर्णय कठिन रहेको हुन सक्ने अनुमान पनि गरे । नेयमारप्रति सम्मान दर्शाउने क्रममा स्वारेजले भने , ‘आफ्नो परिवारको साथ लिएर उनले नयाँ चुनौतिलाई लिने निर्णय गरे । उनले बार्सिलोनाका लागि धेरै गरेका छन्, हामी त्यसलाई स्मरण गरिरहनेछौं ।’

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com