ताजा समाचार

मंसिर १९ गते २०७४

युएई विरुद्ध नेपालको खेल युटुबबाट प्रत्यक्ष प्रशारण हुने

- सेतो परेवा सम्वाददाता, काठमाण्डौ

युएई विरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसीप (डब्लुसिएल)को सातौ चरण अन्तर्गत भोलि हुने नेपाल र युएईको खेलको प्रत्यक्ष प्रशारण हुने भएको छ ।

लाखौं दर्शकको माग रहेको उक्त खेललाई अन्तत बिश्वभरका दर्शकले हेर्न पाउने भएका छ्न । आईसीसीले जनाए अनुसार नेपाल र युएईको खेल, आफ्नो आधिकारिक वेवसाईट www.icc-cricket.com र आइसीसीको youtube बाट गर्ने भएको छ ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीपको सातौ चरण अन्तर्गत भोलि पहिले खेल खेल्नेछ भने मङ्सिर २२ मा दोस्रो खेल युएई सँग खेल्ने कार्यक्रम रहेको छ |

यस अघि नै युएई र नेपाल डिभिजन १ बाट २ मा झरीसकेको हुदाँ यस खेललाई डिभिजन २ को अभ्यास खेलको रुपमा हेरिएको छ । बिश्वकप छ्नोट प्रतियोगिताका लागि डिभिजन २ मा रहेका शीर्ष दुई टिम ले सन २०१८ मा जिम्बाबेमा हुने बिश्वकप छनोट प्रतियोगितामा सहभागि जनाउन पाउने प्राबधान रहेको छ ।

१४ सदस्यीय नेपाली क्रीकेट टोली

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी ,शरद भेषावकर, सक्ति गौचन, सागर पुन, सोमपाल कामी, सन्दिप लामिछाने, विनोद भण्डारी, करण केसी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र दिलीप नाथ ।

वैकल्पिक खेलाडी– सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल र अनिलकुमार साह

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com