ताजा समाचार

मंसिर २० गते २०७४

बार्सिलोनाको सहज जित, पिएसजी बायर्नसँग पराजित

- सेतो परेवा सम्वाददाता,  

(एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोनाले स्पोर्टिङलाई २-० ले हराएको छ । घरेलु टोलीको जितमा पाको अल्कासेरले एक गोल गरे भने अर्को गोल स्पोर्टिङको खेलाडिद्वारा आत्मघाती गोल भएको थियो ।

समूहको अर्को खेलमा युभेन्टसले ओलम्पियाकोसलाई २-० ले नै हराएको हो । यस समूहबाट बार्सिलोना र युभनेटस अघिल्लो चरण प्रवेश गरेका छन् ।

त्यस्तै घरेलु लिगमा सिजनको पहिलो हार बेहोरेको पिएसजीले च्याम्पियन्स लिगमा पनि आफ्नो पहिलो हार बेहोर्‍यो । बायर्नको घरेलु मैदानमा पिएसजी ३-१ ले पराजित हुन पुग्यो । यस हारको बावजुद पिएसजी समूह ‘बि’को अग्रस्थानमा रहँदै छनोट भएको हो भने उत्तिकै अंकसहित हेड टु हेडमा बायर्न दोस्रो स्थानमा रह्यो ।

यसैगरी समूह ‘सी’मा चेल्सी र एट्लेटिको म्याड्रिड १-१ को बराबरीमा रोकिए । रोमाले काराबागलाई १-० ले हराउँदै समूहको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ भने चेल्सी दोस्रो स्थानमा रह्यो । एट्लेटिको म्याड्रिड भने समूहबाटै बाहिरिन पुग्यो ।

म्यानचेस्टर युनाइटेडले पनि सिएसकेए मस्कोलाई २-१ ले हराउँदै अघिल्लो चरणमा आफ्नो स्थान पक्का गर्‍यो । समूह ‘ए’ को अर्को खेलमा बासेलले बेन्फिकालाई २-० ले हराउँदै आफ्नो स्थान पनि नक-आउट चरणमा सुनिश्चित गर्‍यो ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com