ताजा समाचार

मंसिर २० गते २०७४

नेपालले दियो युएइलाई २२२ रनको लक्ष्य

- सेतो परेवा सम्वाददाता, काठमाण्डौ

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले युएइलाई दुई सय २२ रनको लक्ष्य दिएको छ ।

आवुधावीको सेख जायद क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाउदै दुई सय २१ रन बनायो । नेपालले ४३ रन हुदा पहिलो विकेट गुमायो । ओपनर दिलिप नाथ ब्यक्तिगत १६ रनमा आउट हुन पुगे । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दिलिप र ज्ञानेन्द्रको यो साझेदारी अहिलेसम्म कै उच्च हो । यसअघि नामिविया विरुद्ध ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐरले ४२ रनको साझेदारी गरेका थिए । त्यसपछि ज्ञानेन्द्रले शरद भेषवाकरसंग ४१ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाएका थिए ।

तर नेपालको स्कोर ८४ रन हुदा दोस्रो विकेट झरयो । राम्रो लयमा देखिएको ज्ञानेन्द्र मल्ल ५४ रनमा आउट भए । कप्तान पारस खडकाले शरदसंग मिलेर ३८ रनको साझेदारी गरेका थिए । तर पारस २० रनमा आउट भएपछि नेपालले १२२ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका आरिफ शेख खाता खोल्न नपाउदै रन आउट भएपछि नेपालले एक सय २६ रनमा चौथो विकेट गुमायो । पछिल्लो पटक खराव फर्ममा रहेका विनोद भण्डारी पनि मात्र चार रनमा आउट भएपछि नेपालले एक सय ३४ रनमा पाच विकेट गुमायो । नेपालका लागि शरदले पनि अर्धसतक प्रहार गरे ।

जारी प्रतियोगितामा शरदको चौथो अर्धसतक हो भने लिस्ट ए मा पाचौ अर्धसतक हो । शरदले छैटौ विकेटका लागि सोमपाल कामीसंग ३९ रनको साझेदारी गरेका थिए । सोमपालले २० रन बनाए । नेपालका लागि शरदले अविजीत ८१ रन बनाए भने बसन्त रेग्मीले १४ रनको योगदान गरे ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com