ताजा समाचार

मंसिर २० गते २०७४

तीन किलो सुनसहित विमानस्थलबाट चिनिया नागरिक पक्राउ

- सेतो परेवा सम्वाददाता, काठमाण्डौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो सुनसहित एक चिनिया नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनिया नागरिक कुजिझुवमालाई विनमास्थल प्रहरीले पक्राउ गरेको हो ।

एअर चाइनाको उडानबाट चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो ।

उनको साथबाट चार थान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारकोसहित तीन किलो सुन प्रहरीले बरामद गरेको छ । सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ । चिनिया नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखेर अनुसन्धान भइरहेको छ ।

Comments

comments

Facebook Auto Publish Powered By : XYZScripts.com