ताजा समाचार

कला साहित्य

मेडिकल लिटेरेचर मेला सम्पन

चिकित्सा शास्त्र अध्ययन संस्थानका बिद्यार्थीहरुको पहलमा मेडिकल लिटेरेचर मेला २०१७ आज राष्ट्रिय सांस्कृतिक संस्थानमा सम्पन्न भयो । डा. जीवन छेत्रीले बाँसुरी बजाएर सुरु गरेको उक्त मेलामा प्रा. डा. गोबिन्द केसीले यात्रा अनुभव तथा यात्राका तस्वीरहरु प्रस्तुत गर्नुभएको थियो । डा. रामेश कोइरालाले जबसम्म साहित्यले आर्थिक निर्भरता कायम गराउन सक्दैन तबसम्म साहित्य पेशाको रुपमा बिकसित हुन गाह्रो रहेको बताउनुभयो । बरिष्ठ लघुकथाकार डा. रवीन्द्र समीरले थोरै शब्दमा धेरै भन्न सक्ने लघुकथा विधा चिकित्सक एबम स्वास्थ्यकर्मीको लागि उपयोगी हुने बताउंदै आफ्ना लघुकथाहरु… पुरा पढौ

बि.सं. २१७४ ( लघुकथा )

विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् वि.सं. २१७४ सालको हो । यो कुरा वि.सं. २२७४ को पनि हुन सक्छ ।एम्बुलेन्सले एक जना बृद्ध नेतालाई बेहोश अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महँगो लाइफ सेभिङ्ग सुई दिइयो, जुन त्यो बेलामा चिकित्सा विज्ञानले पत्ता लगाएको थियो । होसमा आएपछि उनले भने –‘यसभन्दा अघि मल्टिपल अर्गान फेलियर भएर सबै भाइटल अर्गानको ट्रान्सप्यालेन्ट गरेको थिएँ । बल्ल म सय वर्ष पुगेँ । राष्ट्रपति बन्ने धोको छ । कान्छी… पुरा पढौ

पुर्व उपराष्ट्रपती परमानन्द झाले सार्वजनिक गरे धार्मीक पुस्तक

प्यासिफिक पब्लिकेसनले आफ्नो छैठौ बार्षिक अवसर पारेर धर्मग्रन्थका कथा र भागवतगितामा के छ नामक दुई पुस्तक सार्वजनिक गरेको छ । राजधानीको प्रज्ञाप्रतिष्ठान कमलादीमा सोमबार आयोजित पुस्तक सार्वजनिक तथा श्रष्टासम्मान कार्यक्रममा पुर्व उपराष्ट्रपती परमानन्द झा र नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसाले उक्त पुस्तक सामुहिक सार्वजनिक गरे । कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसा, समाजसेवी, शिक्षासेवी उपेन्द्र राज शास्त्री कडेल, समानसेवी तथा नगरबिकास कोसका अध्यक्ष धु्रब रिजाल, गीतकार बुद्धबिर लामा लगायतलाई सम्मान समेत गरिएको थियो । यि सबैलाई खादा तथा… पुरा पढौ

“श्रद्धान्जलि “

मेरो शवयात्रा सुरु नहुदैं सात समुन्द्रपारिबाट श्रद्धासुमनका हरफहरु सामाजिक संजालमा पोष्टिएका रहेछौ मित्र म कसरि आभार व्यक्त गरौं ?? जिवनका तिन दशक काट्नै लाग्दा तिम्रा र मेरा विचारहरु कहिल्यै एकमत हुनसकेनन चाहे स्कुलमा पढ्दाहोस गौचरनमा खेल्दा होस या समाज परिवर्तनका विषयमा होस जिवनको दर्शननैं फरक थियो हाम्रो हुन त एउटै होस पनि कसरि ?? हाम्रो रगतनैं फरक बोनम्यारो नैं अलग तिमि मुखियाको नाति भगौडा युवा म मुक्तिकामि नेताको छोरा अगंरक्षक अनि सेवक ।।।। निरमाया वि.क.लाई दुइ जिउकि बनाएर तिमि भाग्दा… पुरा पढौ

हे त्रिशुली

सयौं खुसि, उमंग,सपना र योजना मात्रै हैन वर्षेनी त्यतिनैं प्राण लिएर दशकौं देखि तिमि निर्लज्ज बगिरहेकि छ्यौ ।। तिमिले नावालक युवा,गर्भिणि ,वृद्धा कसैलाइ छाडेकि छैनौं कहिले वेहुलि बगाँउछ्यौ कहिले वेहुला बगाँउछ्यौ कहिले पुरै जन्ति बगाँउछ्यौ कहिले कृयापुत्रि बगाँउछ्यौ कहिले मलामि बगाँउछ्यौ ...त... कहिले एम्वुलेन्स बगाँउछ्यौ प्राय: तिमि ; वस,ट्रक,माइक्रो र भ्यानहरु बगाँउछ्यौ ।। राजधानि भित्रिदैं विदेशिने पासपोर्टहरु बगाँउछ्यौ घर गाँउ फर्केको लाहुरे सगैं कोशेलिहरु बगाँउछ्यौ भर्खर भर्खर रगिंएका सिँउदोहरु पुष्टिदैं गरेका गर्भहरु ताते ताते गर्ने "मानवी यादव"हरु खै कसरि बगाँउछ्यौ… पुरा पढौ

“मखमलि”

म बर्षै पिच्छे फुलिरा'छु उनि बर्षेनी प्रतिक्षामा प्राय: यि दिनहरुमा भित्तामा टाँसेको दाजिको फोटो या..मैं तिर हेरेर टोलाउछिन सुन्तलि ।। उनि भदौ ,असोज रमाँउदैं मेरो स्याहार गर्छिन म हलक्क बढेर ढकमक्क फुलिदिन्छु ति दिनहरुमा हुन्छ हामिमा रौनक ।। बर्षेनि गाई तिहारको राति अत्याड पोख्छिन उनि भोलि पल्टको उन्को मुहार देखेपछि म मा ..अरु मौलाउने ,फुल्ने र फक्रिने चाहना सेलाएर जान्छ ।। सयपत्रि,गोदावरी ,मगंले र लट्टे फुल जस्तै मेरो पनि.. मठ - मन्दिर, पुजा-आजामा चढ्ने सभा-सेमिनारमा सजिने र ..मालामा उनिने रहर… पुरा पढौ

कविता : गरिवको चाडवाड

बर्षा मात्र कहाँ हो र मेलापात पनि सकिन्छ ढुक्क हुन्छ साइलो छानो चुहिएन,खडाइको बार ढलेन अगेनामा मुल पनि पलाएन यस साल । चमेलि , जुनेलिलाइ हेर्छ गोर्खे र साइलिलाइ हेर्छ भावुक हुन्छ साइलो औंला भाचेंर चाडवाड गन्छ जुन बर्षौं देखि उधारा छन ।। गोठमा जान्छ,भकारिमा पुग्छ कान्लातिर चिहाउछ,कन्दुस खोतल्छ अनायास बर्षिन्छ साइलो मुखिया बा लाइ सम्झन्छ खिस्स हास्छन पुराना तम्सुकहरु ।।। मा'ड सा'व , माइला साहु सहकारि , साइलिको थैलि सवैतिर रित्तिएको छ साइलो मिठो,मसिनो लुगाफाटोको आशामा रमाँउदै छन चिचिलाहरु… पुरा पढौ

भदौ ३१ मा अमर बिरही एकल साँझ

बरिष्ट लोक गायक अमर बिरही गुरुङ यहि भदौ ३१ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एकल साँझको लिएर आउने भएका छन्। तमु गुरुङ कलाकार संघको आयोजनामा हुन् लागेको कार्यक्रममा उनले आफ्नो जीवनमा रचना गरेका चर्चित गीतहरु प्रस्तुत गर्नेछन। चार दशक भन्दा लामो सांगीतिक यात्रा गरेका अमरका गैरी पर्यो ताल, खोलि रसायो, काठमाडौँ सिंह दरबार, गोर्खा कालिका,गोगन पानीमा, काँचो सुरति लगाएत दर्जनौ गीतहरु नेपाली संगीत बजारमा लोकप्रीय रहेका छन्। राष्ट्रिय लोक दोहोरि गीत प्रस्तिष्ठान नेपाल उपत्यका समन्वय समिति र तमु ह्युल छोंज धी गुरुङ राष्ट्रीय परिषदको… पुरा पढौ

कवि नवराज पराजुलीको ‘सगरमाथाको गहिराइ’लाई पद्मश्री पुरस्कार

पद्मश्री पुरस्कार २०७३ कवि नवराज पराजुलीको कविता संग्रह 'सगरमाथाको गहिराइ'लाई दिइने भएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठान, चितवनको बिहीबारको निर्णयले उक्त पुरस्कार पराजुलीको कविता संग्रहलार्इ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले विज्ञप्ति जारी गरेको विज्ञप्तीमा उल्लेख छ। पद्मश्री पुरस्कारको मनोनयनमा जनकराज सापकोटाको 'कहर', कुमार नगरकोटीको 'घाटमाण्डु', राज सरगमको 'छाउघर', नविन विभासको 'रोल्पा सुइना' र नवराज पराजुलीको 'सगरमाथाको गहिराइ' परेका थिए। पुरस्कारबापत पराजुलीलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैयाँ प्रदान गरिने छ। त्यसै, पद्मश्री साधना सम्मान २०७३ रोचक घिमिरे र… पुरा पढौ

रश्मिको प्रियतम सार्वजनिक

युवा साहित्यकार रश्मि रोदनको नविनतम् कृति प्रियतम सार्वजनिक गरिएको छ । संग्रहमा १०१ मुक्तकहरु छन् । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथी थिए । गजलकार डा.कृष्णहरि बराल, साहित्यकार पोष्टराज चापागाईं, गजलकार सुदिप गौतम, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, छायाँछवि क्रियशनका अध्यक्ष शानितप्रिय लगायतले मुक्तकसंग्रह ‘प्रियतम’ लाई सार्वजनिक गरेका थिए । छायाँछवि क्रियशनको आयोजनामा भएको उक्त मुक्तकसंग्रह सार्वजनिक कार्यक्रमलाई स्वागत गर्दै आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले मुक्तकहरु राम्रो लागेका… पुरा पढौ

Facebook Auto Publish Powered By : XYZScripts.com