ताजा समाचार

राष्ट्रिय खबर

पोखरा राइनोज्मा तिन बिदेशी खेलाडी अनुबन्धित

भीएस एभेरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोज् समूहले आफ्नो तयारि जोडतोडका साथ गरिरहेको जानकारी गराएको छ । नेपालको ईतिहासमानै सबै भन्दा बिशाल क्रिकेट महोत्सबका रुपमा चर्चा गरिएको सो खेलकालागि समुहले ३ बिदेशी खेलाडी समेत समाबेश गराएको जानकारी दिएको छ । समुहले छनौट गरेका बिदेशी  खेलाडीहरुमा पाकिस्तानी मुलुकका इसरार उल्लाह, अलि आशिफ र ताजवाली रहेको आज पोखरामा भएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । खेलाडी मध्य इसरार उल्लाह क बर्गमा पर्ने खेलाडी हुन् भने उनि पाकिस्तानको पेशावरका लागि खेल्दछन । त्यसैगरी अलिआशिफ ईस्लामावाद युनाइतेड्का… पुरा पढौ

प्रदेश ३ मा समानुपातिक तर्फ कुन कुन पार्टिले कति सिट पाए

प्रदेश ३ को समानुपातिकतर्फ नेकपा एमालेले १७ सिट पाएको छ भने विवेकशील साझा पार्टीले ३ सिट पाएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश ३ को समानुपातिकतर्फको गणना सकिएको छ । एमालेले ६ लाख ६५ हजार २४९ मत पाएको छ भने कांग्रेसले ५ लाख ४९ हजार ७०४ र माओवादीले ३ लाख १२ हजार ९७ मत पाएको छ । यस्तै विवेकशील साझाले १ लाख १७ हजार १३९ र राप्रपाले ५६ हजार १६८ मत पाएको छ । प्रदेशसभातर्फ १.५ प्रतिशतको थ्रेसहोल्ड छ ।… पुरा पढौ

दीपक कोइराला द्वारा प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा दाबी

प्रदेश नम्बर ४ को राजधानी पोखराबाट युवा नेताले मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गरेका छन् । कास्कीबाट निर्वाचित दीपक कोइरालाले प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा दाबी गरेका हुन् । उनी माओवादी केन्द्रबाट उम्मेदवारी दिएर प्रदेशसभा १ (क) बाट निर्वाचित भएका थिए । कांग्रेस केन्द्रीय सदस्य जीवन परियारलाई हराएका उनी जम्मा ३९ वर्षका छन् । कास्कीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विश्वासपात्रका रुपमा चिनिने कोइरालाले चितवन पुगेरै दाहाललाई भेटेका छन् । १, ३, ४, ५, ६ र ७ मध्ये माओवादी केन्द्रले पाउने प्रदेश… पुरा पढौ

नवराज सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाललाई सर्वोच्च अदालतले कारबाही गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात जना न्यायाधीशको पूर्ण इजलासले यस्तो आदेश दिइएको हो । सिलवालले आफु बढुवा हुने क्रममा पेश गरेको कार्य सम्पादन मुल्याङ्कन कागजात गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश दिएको हो । सिलवालले सरकारी कागज किर्ते गरेको भन्दै परेको मुद्दा परेको थियो । सिलवालले सर्वोच्च अदालतमा बढुवाका सन्दर्भमा पेस गरेको कार्य सम्पादन मुल्याङ्कन फारममा अंक फरक पारेको… पुरा पढौ

राष्ट्रिय पार्टीको मान्यता ६ दललाई मात्र ?

यसपटकको निर्वाचनले मुलुकका ६ ओटा पार्टीलाई मात्र राष्ट्रिय पार्टीको हैसियत दिने देखिएको छ । च्याउ सरी पार्टी र तिनका नेताको हर्कतले दिक्क भएका जनताले यसपटक भने ६ ओटा दललाई मात्र राष्ट्रिय हैसियतमा पाउने भएका हुन् । यसरी राष्ट्रिय दलको मान्यता पाउनेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी हुने भएका हुन् । राष्ट्रिय पार्टी बन्न प्रत्यक्षमा एक सिट र समानुपातिकमा तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउनुपर्ने भएकाले यी ६ दलले… पुरा पढौ

म्यानमार १३ रनमा अलआउट, नेपाल ३३७ रनले विजयी

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिप अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले म्यानमारलाई तीन सय ३७ रनले पराजित गरेको छ । जितसंगै नेपाल समुह ए बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाउदै तीन सय ५० रन बनायो । नेपालका लागि कप्तान रित गौतम सतकिए पारी खेले । पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेको नेपालका लागि कुशल मल्लले ३६ रन बनाए । त्यसपछि सुवास ऐयर… पुरा पढौ

एसिसि यू १६ इष्टर्न रिजन क्रिकेट:नेपालले दियो म्यानमारलाई ३ सय ५० रन लक्ष्य

१६ वर्षमुनिको एसिसि पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले म्यानमारलाई ३ सय ५१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रनको ठुलो योगफल बनाएको हो । नेपालका लागि कप्तान रित गौतमले नटआउट १ सय ६ र प्रतिश जिसिले नटआउट ६३ रन बनाए । यस्तै तृतराज दाशले ६४ रनको योगदान गरे । ७८ बल खेलेका रितले १ सय ६ रन बनाउने क्रममा १४ चौका प्रहार गरेका थिए । यस्तैप्रतिशले ३१… पुरा पढौ

निवार्चीत प्रतिनिधिसभाका सदस्य रेशम चौधरीलाई पक्राउ गर्न निर्देशन

निर्वाचनका लागि वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका टीकापुर काण्डका दोषी रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको छ । ‘फरार’ चौधरी जितसँगै जनतामाझ आउन सक्ने भन्दै कैलालीका विभिन्न ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।,समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले कानुनका नजरमा चौधरी दोषी रहेकाले पक्राउ गरिने प्रतिक्रिया दिए छन् । पुरा पढौ

एसीसी यु-१६ क्रिकेटमा आज नेपालले म्यानमारसँग खेल्दैे

एसीसी अण्डर सिक्सटिन क्रिकेट च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । यसअघि नैं लगातार दुई खेल जितेर प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको नेपालका लागि आजको खेल समुह विजेता बन्ने अवसरको रुपमा रहेको छ । थाईल्याण्डमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई एक सय ३३ रनले हराएको थियो । दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पुरा पढौ

भक्तपुरलाई प्रदेश नं३ को राजधानि बनाउन प्रतिनिधिसभा र प्रदेशसभाका नवनिर्वाचित साँसदको प्रतिबद्धता

नेकपा एमालेका तर्फबाट भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित हुनुभएका प्रदेश र प्रतिनिधिसभाका सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । रफत सञ्चार क्बलले गरेको साक्षात्कार कार्यक्रममा उहाँहरुले भक्तपुर ३ नं. प्रदेशका केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन् । भक्तपुर २ नं. को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुनु भएका महेश बस्नेतले भक्तपुरको सानोथिमी क्षेत्र, सल्लाघारीको ९९ रोपनी जमिन, जगातीको इँटाटायल कारखाना लगायतका क्षेत्रमा ३ नं. प्रदेशको राजधानी निर्माण… पुरा पढौ

Facebook Auto Publish Powered By : XYZScripts.com