ताजा समाचार

समाजको खबर

आज तिहारको पहिलो दिन कागतिहार

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मंगलबार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन काग तिहार, कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कृष्ण औँसीका दिन लक्ष्मीपूजा, सोमबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३८, र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका… पुरा पढौ

नक्कली शैक्षिक प्रमाण पत्र बनाएर बेच्ने पक्राउ

विभिन्न तहको नक्कली लब्धाङ्क पत्र बनाएर बेच्ने सञ्जालका एक सदस्यलाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । एसएलसी परीक्षको नक्कली लब्धाङ्क पत्र र अन्य कागजातसमेत तयार गरी डाबर नेपाललगायत अन्य करखानामा जागिर लगाउनेसमेत काम गर्दै आएको सर्लाही इशवरपुर नगरपालिका–९ बस्ने अवधेश साहलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए । विशेष सूचनाका अधारमा साहलाई असोज २८ गते जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपालको अगाडि सडकबाट नियन्त्रणमा लिई निजले बोकेको झोलामा खानतलासी गर्दा… पुरा पढौ

अवैध पटका सहित चारजना पक्राउ

प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट १६ केजी पटाकासहित चारजनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा –१० स्थित ट्याम्पोपार्क, हेटौंडा–४ स्थित हुप्रचौर र शितलमहल चोकबाट १६ केजी पटाका बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगर –९ बस्ने वर्ष २४ का अशीष साह, हेटौंडा –१ बस्ने २६ वर्षीय किसान बानियाँ, हेटौंडा –४ बस्ने ५५ वर्षीया शशि सिलवाल र मकवानपुरको मनहरी गाउँपालिका –५ बस्ने २७ वर्षीय राम लामिछाने छन् । प्रहरीका अनुसार रकेट, बम, चक्र, फूलझरी पटाका, सानो फूलझरी पटाका, नागिन पटाका,… पुरा पढौ

अबदेखि ठमेल सवारीमुक्त क्षेत्र !

प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गरिने जानकारी दिइएको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ गर्न लागिएको जानकारी दिए । ‘अत्यावश्यक सवारी साधनलाई ठमेलभित्र जान आउनका लागि पासको व्यवस्था गर्न लागेका छौँ,’ प्रमुख खनालले भने ।… पुरा पढौ

थापाको अध्यक्षतामा सिपाडोल खानेपानी आयोजना गठन

 उपत्यकामा पानीको अभाव चुलिँदै गर्दा भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा ८ का उपभोक्ताले पानीको अभाव झेल्नु परेको छैन । यस क्षेत्रका उपभोक्तालाई खानेपानीको सहज उपलब्धताको उदेश्यका साथ सिपाडोल खानेपानी आयोजना बोज बहादुर थापाको अध्यक्षतामा एक समिति गठन गरिएको छ । भक्तपुर जलस्रोत विभागमा दर्ता गरिएको समितिमा उपाध्यक्ष शसि बस्नेत, सचिव विश्वराम थापा, सह सचिव सुरज सापकोटा र कोषाध्यक्ष संगिता थापा रहेका छन् । यसैगरी सदस्यहरुमा क्रमशः बच्चुराम थापा, सुरज घेमसु, राजकुमार दुलाल, अन्जना नेपाली, ज्योती थापा र दिपक बस्नेत रहेका छन्… पुरा पढौ

रमेश दुलालले गरे रत्नपार्कमा काग सम्मेलन

आजबाट यसबर्षको तिहार पर्व शुरु भएसँगै पहिलो दिन कागतिहार मनाइएको छ । यसका साथै काग तिहारको अवसरमा नेपालका मुखबाटै १७० निकाल्न सक्ने रमेश दुलालले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा काग सम्मेलन गरेका छन् । प्रत्येक बर्ष काग तिहारको दिनमै काग सम्मेलन गर्दै आएको दुलालको यो १४ औं काग सम्मेलन हो । दुलालले यमलोकको खबर यमराज समक्ष खबर पठाउने माध्यमको रुपमा लिइने कागको बारेमा लामो समयसम्म अध्ययन गरेका र साच्चै नै खबर पठाउनछ या पठाउदैन भन्ने बारे अध्ययन पश्चात पठाउने बुझेपछि उनले पनि… पुरा पढौ

कर्मचारी अभावमा सर्वसाधारणलार्इ सास्ती

वार्षिक रु तीन खर्ब कर उठाउने आन्तरिक राजश्व विभागले देशभरका कर कार्यालयमा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारीको व्यवस्था गर्न सकेको छैन । कर्मचारी नहुँदा करदाता सेवा कार्यालयमा कर तिर्न जाँदा सेवाग्राहीले दुःख पाउने गरेका छन् । विभागले करदातामैत्री सेवा दिएको दाबी गरे पनि सेवाग्राहीले भने कर तिर्न जाँदा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारी नभएर सास्ती खेप्नुपरेको छ । आयकर बुझाउन करदाता सेवा कार्यालय चावहिल जाँदा बैंक भौचर भरेर आय करसम्बन्धी विवरण कम्प्युटरमा प्रवेश गराउने ठाउँमा कर्मचारी नराखी सेवाग्राहीले नै भर्नुपर्ने… पुरा पढौ

चाउचाउ बनाउने मेसिनमा बेरिएर एक मजदुरको मृत्यु

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६,गोबरीस्थित क्यापिटल फुड प्रालिको चाउचाउ बनाउने मेसिनमा बेरिएर एक जना मजदुरको मृत्यु भएको छ मृत्यु हुनेमा थुमुवा गाउँका १७ बर्षे सुरेश भुज छन् । बत्ती गएको समयमा गएराति मेसिन सफाई गरिरहेका बेला एक्कासी मेसिन चलेपछि भुज बेरिएको प्रहरीले जनाएको छ । केही महिनाअघि मात्र सञ्चालनमा आएको चाउचाउ उत्पादन गर्ने सो उद्योगमा करिब १ सय २० जना कामदार छन् । घटनापछि उद्योगका म्यानेजर कृष्ण बुढाथोकी, सुरक्षा गार्डसहित सबै कर्मचारी फरार भएका छन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक… पुरा पढौ

अवैधरुपमा संचालित बालगृहबाट

पूर्वी चितवनको रत्ननगरमा अवैधरूपमा सञ्चालनमा रहेको एक बालगृह आइतबार साँझ बन्द गराइएको छ। रत्ननगर नगरपालिका वडा नं १३ मा अवैधरूपमा सञ्चालनमा रहेको ड्रिम एञ्जल वल्र्ड नामक बालगृह बन्द गराउनाका साथै त्यहाँ रहेका छ बालबालिकालाई उद्धार गरिएको हो । जिल्ला बालकल्याण समितिका बाल संरक्षण अधिकृत महेश पौडेलका अनुसार उक्त बालगृह लामो समयदेखि बिनादर्ता र मापदण्ड विपरीत सञ्चालन हुँदै आएकाले पटक पटक बालगृह दर्ता गरी आवश्यक मापदण्ड पूरा गर्न सञ्चालकलाई पत्राचार गर्दासमेत अटेर गरेकाले बन्द गराइएको हो । सो बालगृहका सञ्चालक ठाकुर… पुरा पढौ

रोल्पा– दिल्ली बस सेवा शुरु

 रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो । सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ । हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्यूठान, भालुवाङ, नेपालगञ्ज हँुदै भारतको नयाँ दिल्लीका लागि बस सेवा शुरु गरिएको छ । यसैगरी हरेक हप्ताको शुक्रबार दिल्लीबाट रोल्पा लिवाङका लागि बस छुट्ने व्यवस्था गरेको रोल्पा यातायात प्रालिले जानकारी दिएको छ । डिलक्स सेवाको आरामदायी बस… पुरा पढौ

Facebook Auto Publish Powered By : XYZScripts.com