ताजा समाचार

सूचना प्रविधि

६ बर्षिय बालकको कमाई आम्दानी १ अर्ब बढी !

एकजना ६ वर्षको बच्चाले कति कमाउन सक्छ ? तपाईंले सोच्न सक्नुहुन्छ यति सानो उमेरको बच्चा पनि काम गर्न सक्छ र ? तर, रेयान हरेक साता युट्यूबमा खेलौना सामाग्रीको रिभ्यू गर्छन् र यसका लागि सम्बन्धित कम्पनीले उनका आमा बुवालाई राम्रो रकम प्रदान गर्छ । रेयानले गत वर्ष ११ मिलियन डलर कमाएका थिए । नेपाली रुपैयाँमा यो रकम १ अर्ब १० करोडभन्दा बढी हो । र, यसको कारण पनि हो, युट्यूबमा रेयानको भिडियो कराडौंले हेर्छन् । ६ वर्षका वालक रेयान ट्वायजरिभ्यू नामक… पुरा पढौ

विश्वकपको लागि भिभोले ल्यायो ‘एक्स २० फिफा एडिसन’ स्मार्टफोन

केहि समय अघि मात्रै  स्मार्टफोन कम्पनी भिभोले रसियामा  २०१८ मा हुन लागिरहेको विश्वकप सहित २०२२ मा कतारमा हुने विश्वकपमा पनि फिफा संग अधिकारिक साझेदार रहने गरि छ वर्षसम्मको साझेदारी  सम्झौता गरेको थियो  ।यसरि वर्ल्ड कप आयोजक संग साझेदारि सम्झौता पश्चात  रसियाको मस्को सहरमा एक भव्य समारोह बिच भिभोले स्मार्टफोन  एक्स २० वर्ल्डकप एडिसन  सार्बजनिक गरेको हो । स्मार्टफोन उत्पादक कम्पनि भिभोले विश्वकपका  आयोजकहरु सँगको साझेदारीको  प्रमाण स्वरूप भिभोले नयाँ फोन  एक्स २० सार्बजनिक गरेको हो ।२०१८ को जुन १४ देखि… पुरा पढौ

पोखरामा ग्लोबल आइटी एजुकेशनले इथिकल ह्याकिङको तालिम दिने

पोखरामा ग्लोबल आइटी एजुकेशनले इथिकल ह्याकिङको कक्षा सञ्चालन गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै ग्लाेबलले पछिल्लाे समय साइबर सेक्युरिटीसम्बन्धी गम्भीर इस्युहरू अाइरहेकाे र इथिकल ह्याकिङमा विद्यार्थी र युवाकाे चासाे बढेकाले पाेखरामै व्यवसायिक तालिम प्रदान गर्न लागेकाे जानकारी दियाे । साइबर सेक्युरिटीका विज्ञ एवं इथिकल ह्याकर नरेश लामगादेले तालिममा प्रशिक्षण दिने छन् । यही पुस २ गतेदेखि १० दिनसम्म तालिम सञ्चालन हुनेछ । ५ समूहमा विभाजन गरी करिब १ सय २५ जनासम्मलाई तालिममा सहभागी गराउने जानकारी ग्लोबल आइटी एजुकेशनका प्रबन्ध… पुरा पढौ

राष्ट्र बैंकले अनलाइन र मोबाइल कारोबारलाइ सिमितता दिने प्रयास

नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालयले यसै ०७४ मङगशिर १४ गते जारि गरिएको एक मस्यौदा अनुसार ‘ मोबाइल बैंकिंङ  मार्फत दैनिक कारोबार गर्दा एकपटकमा बढीमा ५ हजार वा एकदिनमा अधिकतम १० हजार सम्मको कारोबार गर्न सकिने छ, भने मासिक रुपमा ५० हजार भन्दा बढीको भुक्तानी कारोबार गर्न पाइने छैन । ‘ राष्ट्र बैंकले विद्धुतीय बैंकिंङ सुबिधा लिएका ग्राहकहरुका लागि विद्धुतीय खातामा रकम जम्मा तथा खर्च सीमा सम्बन्धि यस्तो निर्देशनको मस्यौदा तयार गरेको हो । प्रस्तावित मस्यौदामा सरोकारवालाको राय र सुझाबका लागि राष्ट्र बैंकले… पुरा पढौ

यस्ता नम्बरबाट फोन आउँदा नउठाउन टेलिकमको आग्रह

नेपाल टेलिकमले अपरिचित नम्बरबाट  आएको फोन नउठाउन नागरिकलाई आग्रह गरेको छ । टेलिकमले अपरिचित, कलरआइडी नभएका, ०१२३४५६र १२३४५६ जस्ता नम्बबाट आएको कल नउठाउन  अनुरोध गरेको छ । टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले यस्ता नम्बरबाट आएको कलबाट ठगीने क्रम बढ्नै गएको भन्दै नागरिकको हितको लागि जानकारी गराइएको बताइन् । विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने र बैकमा पैसा पठाउन लगाउने अनि ठग्ने गरेको टेलिकमले जनाएको छ । यो नम्बर बाट कल गरेर चिठ्ठा परेको जानकारी गराउने र उल्टै ठग्ने क्रम… पुरा पढौ

काम खोज्ने र काम दिनेलाई आयो ‘जवडेस्क’ अनलाइन प्लेटफर्म

तपाईंलाई रोजगारी चाहिएको छ ? वा तपाईंको कम्पनीलाई कर्मचारी चाहियो ? पत्रपत्रिकामा पैसा तिरेर विज्ञापन छपाउने दिन अब सकिएका छन् । अनलाइनमै रोगरारी खोज्ने र कर्मचारी खोज्ने सुविधा उपलब्ध भएको छ । यस्तो सुविधा उपलब्ध गराएको छ जवडेस्क नामक कम्पनीले । जवडेस्कले आफ्नो वेवसाइट आवरजवडेस्क डटकम (ourjobdesk.com) मा सित्तैमा असीमित आवश्यकताको सूचना पोस्ट गर्ने सुविधा उपलब्ध गराएको छ । ‘कुनै कम्पनीलाई कामदार चाहिए उसले सिधै हाम्रो साइटमा सित्तैमा विज्ञापन राख्न सक्छ, कम्पनीका निर्देशक बैकुण्ठराज आचार्यले भने, सबैतिर पैसा नतिरी विज्ञापन… पुरा पढौ

सामसुङको बर्गन्डी रेड ग्यालेक्सी एस ८ अर्को साताबाट मार्केटमा

बर्गंडी रेड रातो रंग मध्येको एउटा हो, चर्चित ब्रान्ड सामसुङले एस सिरिज अन्तर्गत बर्गंडी रेड कलरको स्मार्टफोन अर्को हफ्ताबाट बिक्रीमा ल्याउने तयारी गरेको छ । यद्धपि नेपाली बजारमा भने यो कलरको फोन सार्बजनिक हुने वा नहुने भन्ने बारेमा कुनै टुंगो लागेको छैन । भित्रका अन्य सम्पूर्ण फिचरहरु पहिलेको झैँ यथावत राखिएको भएता पनि यसको कलर भने  फरक रहनेछ । यो नयाँ  रंगको स्मार्टफोन दक्षिण कोरियामा सार्बजनिक हुनेछ तर यो पाउने निश्चित क्षेत्र भने तोकिएको छैन । एस ८ पुरानै डिभाइज… पुरा पढौ

टेलिकमको अफरः प्रतिमिनेट ४५ पैसामै कुरा गर्न सकिने, यसरी सुचारु गर्नुस् सेवा

नेपाल टेलिकमका ग्राहकले अव प्रति मिनेट ४५ पैसामै कुरा गर्न पाउने भएका छन् । टेलिकमले आफ्नो नेटवर्कमा ‘अल टाइम भ्वाइस प्याक’ मार्फत उक्त सेवा दिन लागेको हो । हाल टेलिकमको सेवा प्रतिमिनेट १ रुपैयाँ ५० पैसासम्म रहेको छ । सस्तोमा फोनगर्न टेलिकमले ल्याएको १२०० मिनेटको लागि ५ सय ५० रुपैयाँको प्याकेज लिनु पर्ने हुन्छ । ग्राहकले उक्त प्याकेज ६० दिन भित्र प्रयोग गर्नुपर्ने छ । त्यस्तैगरी ३ सय रुपैयाँमा ६ सय ५० मिटेनको प्याकेज पाउने छन् । जसको लागि ३०… पुरा पढौ

आज विश्व टेलिभिजन दिवस, नेपालमा समेत विभिन्न कार्यक्रम गरि मनाइँदै

आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइदैछ । विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि, टेलिभिजनलाई १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइदैछ । विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा… पुरा पढौ

मंसिरभर केवलबाटै टीभी हेर्न पाइने

एनालग प्रविधिका केवल टेलिभिजनहरु मंसिरभर प्रसारण हुने भएको छ । सञ्चार मन्त्रालयले २९ कात्तिकदेखि एनालग प्रविधिका केबल टेलिभिजनहरुको प्रसारण बन्द गर्न सुरु गरेको थियो ।   तर, शुक्रबार मन्त्रालयले मतदाता शिक्षा प्रसारण भइरहेको भन्दै मंसिरभर अधिकतम ३५ वटा च्यानललाई एनालग प्रणालीमा प्रसारण गर्न अनुमति दिने निर्णय गरेको छ । साथै एनालग टीभी प्रसारण प्रविधिलाई डिजिटल रुपान्तरण गर्ने कार्यतालिका टीभी सेवा प्रदायक संघले सात दिनभित्र मन्त्रालयमा पेश गर्न भनेको छ । पुरा पढौ

Facebook Auto Publish Powered By : XYZScripts.com