ताजा समाचार

लेख रचना

बि.सं. २१७४ ( लघुकथा )

विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् वि.सं. २१७४ सालको हो । यो कुरा वि.सं. २२७४ को पनि हुन सक्छ ।एम्बुलेन्सले एक जना बृद्ध नेतालाई बेहोश अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महँगो लाइफ सेभिङ्ग सुई दिइयो, जुन त्यो बेलामा चिकित्सा विज्ञानले पत्ता लगाएको थियो । होसमा आएपछि उनले भने –‘यसभन्दा अघि मल्टिपल अर्गान फेलियर भएर सबै भाइटल अर्गानको ट्रान्सप्यालेन्ट गरेको थिएँ । बल्ल म सय वर्ष पुगेँ । राष्ट्रपति बन्ने धोको छ । कान्छी… पुरा पढौ

“अधिनायकवाद नाराभित्रको गुह्य”

विपक्षीहरु अधिनायकवादी हुन् । यिनीहरुको गठवन्धनले अनिष्ट ल्याउछ र यिनीहरुले मुलुकको हित गर्दैनन् भन्दा भन्दै नेपाली कांग्रेशले पछिल्ला दिनमा बाम गठवन्धनले जितेमा रुन नपाइने, फेरि फेरि चुनावै नहुने र विदेश भ्रमण समेत गर्न नपाइने जस्ता दुष्प्रचार गर्दैछ । यी फत्तुर ग्रासरुटको कुनै चौवन्नी सदस्यले नभएर पार्टीका शिर्ष नेता, बहालवाला प्रधानमन्त्री र प्र. म. पदका लागि आफूलाई विकल्पको रुपमा प्रस्तुत गर्ने तह सम्मका नेताहरुवाट आएका छन् । सतहमा हेर्दा यी कुरा राजनैतिक प्रकृतिका जस्ता लागे पनि गहिरिएर हेर्दा नितान्त मनोगत, दुराग्रही,… पुरा पढौ

“शक्तिशाली चीन माअाेबादी र प्रचण्ड”

अहिले फेरि एकपटक माअाेबादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चर्चाकाे शिखरमा छन् ।२०५२ सालमा नेपालमा जनयुद्ध शुरूवात गरेपछि सधैं चर्चामा अाउने गरेका राजनीति खेलाडीकाे रूपमा परिचित प्रचण्ड र माअाेबादी पार्टी लाई छिमेकी मुलुक चीनले बिश्वमै एक नम्बरमा राखेपछि माअाेबादी केन्द्रका अध्यक्ष नेपालमा मात्रै नभइ बिश्व राजनीति मन्चमै चर्चामा रहेकाछन् । चिनियाँ  कम्युनिष्ट पार्टीले विश्वका ६सय कम्युनिष्ट पार्टीहरुमध्ये नेपालको नेकपा माओवादी केन्द्रलाई पहिलो नम्बरमा राखेकाे छ । चीनमा जारी नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुको अन्तक्रियामा चिनियाँ कमयुनिष्ट… पुरा पढौ

पुर्ब राष्ट्रपतिको घर भाडा प्रकरणको तरङ्ग

कहीँ नभएको जात्रा हाडी गाउँमा भने झै यतिबेला नेपालका पुर्ब  डाक्टर रामबरण यादवले प्रयोग गर्दै आउनु भएको निबासको घर भाडा नपाएको भनेर घरधनीले राजधानी बाट प्रकाशित हुने अखबारमा सार्वजनिक सूचना प्रकाशित गरेपछि अहिले यो खबर राष्ट्रिय अन्तर्राष्ट्रिय खबर बन्न पुगेको छ । नियमानुसार घर धनीलाई मासिक रूपमा बुझाउने सम्झौता भएको रकम सरकारले नबुझाएको कारण अहिले घर धनी रबिभक्त बिष्टले १५ भित्र घर खाली गरिदिन र अहिलेसम्मको घर भाडा रकम बिजुली पानीको रकम बिल अनुसार उपलब्ध गराइदिनु भनेर सुचना जारी गरेपछि… पुरा पढौ

“निर्वाचनमा पैसाको चलखेल नहुने, अन्तरघातको सम्भावना र बाम बलियो”

 मंसिर २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको प्रजातान्त्रिक र बाम गठबन्धनले उम्मेजदवार छनौट गर्ने कार्यमै रहेको बेला अहिलेदेखि नै घात अन्तरघातको कुरा बाहिर आउन थालेको छ ।मंसिर २१ गतो हुने निर्वाचनमा मुख्यत बाँके क्षेत्र नं. २, सल्यान र दैलेखलाई मूख्य रूपमा केन्द्रित बनाइएको जिल्ला अन्तरगत प्रजातान्त्रिक समूहभित्र बाँके क्षेत्र नं. २ र सल्यानमा बढी अन्तरघातको सम्भावना देखिएको छ । बाँके क्षेत्र नं. २ को प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली काँग्रेस र राप्रपाबीचको तालमेलमा सम्भवत राप्रपालाई टिकट दिने… पुरा पढौ

NRNA बिश्व सम्मेलन भिजन, उदेश्य छायाँ पार्दै जुँगाको लडाईले सुरुगरायो भोट किनबेच

NRNAका बारेमा बिभिन्न व्यक्तिले फरक फरक धारणा राखेको पाइन्छ । हुन त NRNA आफैमा नराम्रो संस्था त होइन । तर पनि सुरुवाती देखिनै यो सस्था आफैमा बिबादरहित बन्न सकेन । माथी नेतृत्वगर्ने हरु बिच को एक प्रकारको बिबाद रहदै गर्दा तल्लो स्थरमा यो सस्था धनिहरुको सस्थाहो, साहुहरुको सस्थाहो भन्ने प्रकारको भाबना पैदा पनि नभएको होइन जुन अहिले सम्म छ । निर्णय गर्ने बेला आफु अनुकुल गर्ने र नेतृत्वमा आउने जुन सुकै उपाय पनि अपनाउने बिषयले NRNAलाइ अझ तरंगित तथा अर्को… पुरा पढौ

दूतावास कसैको बिर्ता हैन, मनपरि बन्द गर – हर्क थापा

'बूढी मरि भन्ने पीर हैन, काल पल्क्यो' भन्ने पीरको कुरो ठूलो हो, प्रसंग दूतावासले पहिलोचोटी आयोजना गरेको राष्ट्रिय दिवस समारोहको । हालसम्म राष्ट्रिय दिवस नभएको देश नेपालले यो वर्षदेखि संबिधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने प्रचलनको सुरु गर्दैगर्दा जापानस्थित नेपाली राजदूतावास भने एकाएक विवादमा तानिएको छ । टोकियोको एक शानदार तारे होटलमा बुधबार राष्ट्रिय दिवस समारोहको आयोजना गरेर दूतावासले कस्तो सन्देश दिन खोजेको थियो तर पक्षपातपूर्ण कार्यशैलीका कारण जापानका नेपालीहरुमाथि दिनदहाडै घोर आपत्तिजनक नाङ्गो हर्कत देखाएको छ ।… पुरा पढौ

अब भाषण रहित साहित्य गाेष्ठी अभियान 

साहित्य साहित्यकाे लागि नभएर साहित्य समाज परिवर्तनको लागि हुनुपर्छ भन्ने मुल्य र मान्यता भए पनि अहिले साहित्य त्यस्ताे हुनसकेको भने छैन ।पहिला पहिला साहित्य गाेष्ठी साहित्यीक कार्यक्रम भन्दा धेरैलाई चासो हुन्थ्यो धेरै मान्छेहरू साहित्य कार्यक्रममा गएर अाफ्नाे रचना बाचन नगरे पनि सुन्न भए पनि पुग्ने कार्यक्रमकाे गरिमा बढाउने गरिन्थ्यो । अहिले अाधुनिक  जमाना संगै साहित्य प्रतिपनि जनमानसमा चासो निकै कम हुदै जान थाल्यो यसको वास्तविक कारण भनेको अहिले साहित्यकार बिच हुने गुटबन्दी अनावश्यक लामाे भाषण एक घण्टामा सकिने कार्यक्रम झन्झटिलो… पुरा पढौ

‘नो’ शिक्षकहरूका लागि एउटा प्रेम पत्र

प्रिय, पूज्य, आदरणीय जे सुकै भनौँ व्यक्ति र सद्भाव उही हो मात्र केवल शब्द फरक हुन् । आदरार्थीको हिसाबले शब्द तलमाथि होला तर शुद्ध मनबाट निस्कने आदर, सम्मान र प्रेम उही हो । मलाई थाहा छ यदि यो संसारमा कसैले मलाई धेरै भन्दा धेरै माया गर्छ, भित्रै मनदेखि प्रेम गर्छ र स्नेहपूर्वक अँगालो हालेर आँखा चिम्ली चुम्बन बर्षाउँछ भने त्यो तपाईँ हो । त्यसैले यति धेरै प्रेम गर्ने र आत्मीयता दर्शाउने हजुरलाई मैले मेरो मनबाट रोजिएको सबैभन्दा आत्मीय शब्द ‘प्रिय’… पुरा पढौ

नेपालमा सम्बन्धविच्छेद बढ्नुका कारणहरु

विवहावाट जसरी पुरुष र महिला बिचको सम्बन्ध श्रीमान श्रीमतीको रुपमा जोडिन्छ,त्यसैगरी सम्बन्धविच्छेदवाट सोही श्रीमान श्रीमतीबीचको नातासम्बन्ध तोडिन्छ । स्पष्टरुपमा भन्ने हो भने पति र पत्नीबीचको नाता सम्बन्धको त्यागपत्र नै सम्बन्धबिच्छेद हो । अर्थात बैवाहिक कानून अन्र्तगत कानूनको अंग पुर्याई विवाहित दम्पतिले आफूहरुलाइ सो दाम्पत्य जीवनवाट अलग्याउनु वा त्यस्तो दाम्पत्य जीवनको अन्त्य गर्नुनै सम्बन्धबिच्छेद हो । लोग्ने स्वास्नीका बीच मनमुटाव भई वा सगै बस्न नसक्ने स्थिति उत्पन्न भई लोग्ने स्वास्नी बीच कानूनी रुपमा बैवाहिक सम्बन्ध तोडी आआफ्नै रुपमा अलग अलग व्यवहार… पुरा पढौ

Facebook Auto Publish Powered By : XYZScripts.com