ताजा समाचार

जापान खबर

अगष्ट २४मा फुकुओकामा तिज धमाका हुँदै

हरेक वर्ष नेपाली नारिहरुको महान चाड हरितालिका तिज र अङ्ग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरहरुमा शृंखलाबद्ध सागिंतिक कार्यक्रम गर्दै छ । जापानका सामाजिक संस्थामा छुट्टै पहिचान बनाइसकेको गल्कोट समाज जापानले यस वर्ष पनि शृंखलाबद्ध तिज धमाका गर्ने भएको हो । यसै क्रममा अहिले फुकुओका सहरमा पनि गल्कोट समाज जापान क्युसु क्षेत्रिय समिती र गैरे सेवा समाज जापान केन्द्रिय समितिको सयुक्त आयोजनामा फुकुओका सिटिको चुओउ सिमिन सेन्टरमा अगस्ट २४ तारिखको दिन संयुक्त तिज धमाका 2017 गर्ने भएको हो । कार्यक्रमको सम्पुर्ण… पुरा पढौ

एनआरएनए जापानमा उम्मेदवार उपाध्यक्ष पौडेल र सचिब शाहि माथि दाबी बिरोध

गैर आवासीय नेपाली संघ जापान को २०१७-२०१९ का उपाध्यक्षका उम्मेदवार शिव प्रसाद पौडेल र सचिब जनक बिक्रम शाहि माथि दाबी बिरोध दर्ता गराईएको छ । २५ सेप्टेम्बर २०१६ मा ओकिनावाबाट पारित बिधान अनुरुप, राष्ट्रिय समन्वय परीषदको अध्यक्ष बाहेकको कार्यकारी पदहरुमा राष्ट्रिय समन्वय परीषदको सदस्य वा सल्लाहकार रही कुनै पनि पदमा कम्तिमा १ पुरा कार्यकाल संम्पन्न गरेको हुनुपर्ने छ । उपाध्यक्ष पौडेलका बिरुद्ध अर्का उपाध्यक्षका प्रत्यासी छत्र बहादुर दाहाल र सचिब शाहीका बिरुद्ध अर्का सचिबका प्रत्यासी बाशुदेव लामिछानेले दाबिबिरोध प्रस्तुत गरेका… पुरा पढौ

टोकियोमा एक नेपालीको मृत्यु

 उच्च शिक्षा अध्ययनका लागि जापान आएका गोरखा गण्डकी गाउँपालिका-७ चुर्लिङका डम्बरबहादुर गुरुङको निधन भएको छ ।२६ वर्षीय गुरुङ कोबेस्थित कोबे आर्ट सेन्मोन गाक्कोमा अध्ययनरत थिए ।२०१५ को अपि्रल सेसनमा विद्यार्थी भिसामा जापान आएका गुरुङ आज बिहान आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए । सोमबार राति १० बजे कामबाट फर्किएपछि खाना खाएर सुतेका गुरुङ बिहान ६ः३० बजेतिर एक्कासी चिच्याएपछि के भयो भन्दै साथी पुग्दा अचेत अवस्थामा भेटिएका थिए । लगत्तै उपचारका लागि कोबेस्थित च्युओ सिमिन अस्पतालमा पुर्‍याएपनि डाक्टरहरुले करिव ९ बजेतिर… पुरा पढौ

NRNA जापानको कोषाध्यक्षमा कालिका थापाको सम्भावना बलियो

अहिले NRNA जापानको चुनाबी माहौल ले जापान तातेको छ । नेपालीहरु को सबै भन्दा ठुलो सस्था NRNA जापानको नेतृत्वको लागी बिभिन्न तहमा बिभिन्न उमेदवार चुनाबी मैदानमा उत्रिएका छन् । जापानको आसन्न निर्बाचनमा उमेदवारहरुको टुंगो लागेको छ । निर्बाचन समितिले उमेदवारको लिष्ट सार्बजनिक गरेको छ । आइसीसी सदस्यहरु, बरिष्ठ उपाध्यक्ष र सह-कोषाध्यक्षमा निर्बिरोध भएको छ । सामाजिक क्षेत्रमा निरन्तर सक्रिय नेपाल होस् या जापान सामाजिक काममा अहोरात्र खट्ने महिलाहरुलाइ सामाजिक काममा सक्रिय हुनु पर्छ भनेर हौशला दिने एक उत्प्रेरक व्यक्ति कालिका… पुरा पढौ

हिरोसीमा एटमिक बमको आक्रमणको ७२ बर्ष स्मरण

जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ । हिरोसीमा नगरमा जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सन् १९४५ मा आजकै दिन भएको सो आक्रमणको स्मरणगर्दै त्यस बम आक्रमणमा परी भएको नरसंहारमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएको थियो । एटम बमको बिकीरणका कारण घटनास्थलमै ती… पुरा पढौ

नागोयामा बिधार्थीहरुद्वारा भलिबल प्रतियोगिताको आयोजना

खेल स्वास्थ्यका लागी, खेलाडी राष्ट्रका लागी भन्ने नारालाइ आत्मसाथ गर्दै नागोयामा रहेका नेपाली बिधार्थिहरुको साझा सस्था नेपाल बिधार्थी युनियन को आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ ।तिजको संघारमा गर्न लागिएको उक्त प्रतियोगितामा यहि अगष्ट १७ तारिख हुने भएको छ । नागोयाको आराईचो यामानोतोमा विहान ९ बजेदेखी सुरु हुने खेल नागोया साङ्ग्यो युनिभर्सिटीको हलमा हुने छ । प्रतियोगितामा सहभागीताको लागि आयोजकले सम्पूर्ण खेलप्रेमीलाइ अनुरोध गरेको छ । आयोजक का अनुसार टिम दर्ताशुल्क ४० हजार एन तोकिएको छ । भलिवल प्रतियोगितामा सहभागी… पुरा पढौ

गृहमन्त्री शर्मा र जापानी राजदुत ओगावाबीच शिष्टचार भेटघाट

 गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि जापानी राजदुत मासासी ओगावाबीच शिष्टचार भेटघाट भएको छ । बिहीबार गृह मन्त्रालयमा भएको शिष्टचार भेटघाटमा गृह मन्त्री शर्माले जापान सरकारले नेपालको आर्थिक विकासमा पु¥याएको योगदानको प्रसंसा गर्नु भयो । गृह मन्त्री शर्माले जापान सरकारले विशेष गरी नेपालमा विपद व्यवस्थापनमा गरेको उल्लेख्य सहयोगबारे चर्चा गर्दै, छिट्टै सो कार्यका लागि स्वयमसेवकहरु पनि तयार गर्ने जानकारी गराउनु भयो । उहाँले अब उद्धार कार्यमा स्थानिय जनतालाई समेत सहभागी गराउने योजना रहेको बताउदै, त्यसमा पनि जापान सरकारले सहयोगी… पुरा पढौ

स्पोर्ट्स क्लबद्वारा गल्कोटमा शैक्षिक तथा खेलकुद बिकाशकोलागी समन्वय समिति गठन

स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल" भन्ने मुल नाराका साथ बागलुङको गलकोट क्षेत्रबाट उच्च शिक्षा, बैदेशिक रोजगारी, ब्यवशाय र अन्य शिलशिलामा टोकियोमा रहेका गलकोटका युवाहरुबाट जापानको टोकियोमा स्थापित गलकोट स्पोर्टस कल्ब टोकियोको प्रथम अधिबेशनबाट निर्वाचित दोस्रो कार्यसमितीको प्रथम बैठक सम्पन्न भएको छ । कल्बका अध्यक्ष रत्नसिह बस्नेतको अघ्यक्षतामा अगष्ट १ तारिक टोकियो मेजिरो स्थित सिर्जना रेष्टुरेन्टमा बसेको अधिबेशन पछिको प्रथम बैठकले कल्बका संरक्षक, सल्लाहकार र मनोनित सदस्य चयन गर्दै पहिलो कार्यसमितिले दोस्रो कार्यसमितिलाई कल्बको आय-ब्यय हस्तान्तरण, सकृय सदस्यता बितरण, साथै… पुरा पढौ

जापानमा शक्तिशाली तुफान आउने सक्ने चेतावनी

प्रशान्त महासागरमा आएको एक शक्तिशाली तुफान अझ तीब्र हुँदै यस वर्ष उत्तरी गोलार्धकै ठुलो तुफानमा परिणत भएको छ तर यसको तीब्रता भने केही कम भएपनि यसै हप्ता जापानमा विपत ल्याउन सक्छ । नोरु नामको उक्त तुफानको वेग मंगलबार २०४ किमि प्रति घण्टा बाट २५० किमि प्रति घण्टा सम्म पुग्न सक्ने अमेरिकी सेनाको तुफान चेतावनी केन्द्रले जानकारी दिएको छ । यसले उक्त तुफाने श्रेणी ३ वा ४ को चक्रवात बराबरी गर्नेछ । मौसम विभागका अनुसार सोमबार नोरु श्रेणी ५ र २०१७… पुरा पढौ

पाँचदिने ‘कोलकिपिङ कोर्ष’गर्दै जापान फुटबल सङ्घ

जापान फुटबल सङ्घ (जेएफए)ले पाँचदिने ‘कोलकिपिङ कोर्ष’ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजदेखि सुरु गरेको छ । यही भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा नेपालका २२ युवा गोलरक्षण प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । उनीहरुलाई जापानको होक्काइदोस्थित राष्ट्रिय प्रशिक्षण केन्द्रका प्रशिक्षक ओगाटा ग्योसुकेले प्रशिक्षण दिइरहेका छन् । उनी युवा गोलरक्षण प्रशिक्षणका विशेषज्ञ हुन् । सहभागी नेपाली युवा प्रशिक्षार्थीमा उज्ज्वल मानन्धर, चक्र तामाङ, राजुसिंह महर्जन, छन्नुराम चौधरी, नवीन महर्जन, अजय महर्जन, शैलेश कर्माचार्य, विनोद डङ्गोल, सुस्मिता राई र नमिताकुमारी दली छन् । त्यस्तै… पुरा पढौ