ताजा समाचार

पोखरा खबर

पोखरामा वल्र्ड लिङक कम्युनिकेशनको अर्को शाखा

इन्टरनेट सेवा प्रदायक वल्र्डलिङक कम्युनिकेशनले आफ्नो ग्राहकहरुलाई लक्षित गदै आफ्नो तेश्रो शाखा बगरमा सञ्चालनमा ल्याएको छ । बगर आसपासका ग्राहकहरुलाई लक्षित गरी वल्र्डलिङकले आफ्नो तेश्रो शाखा बगरमा सञ्चालनमा ल्याएको वल्र्डलिङक पोखरा शाखाका म्यानेजर युशफ श्रेष्ठले जानकारी दिए । बगरमा हालै सञ्चालनमा आएको शाखाबाट बगर, लामाचौर, बाटुलेचौर, अर्चलबोट , सिमपानी, हेम्जा, दिप, नदीपुर क्षेत्रका ग्राहकलाई इन्टरनेटमा आएको समस्या समाधान र विल तिर्न पोखराको महेन्द्रपुलमा रहेको क्षेत्रिय कार्यालय आउन नपर्ने समेत श्रेष्ठले वताए । श्रेष्ठका अनुसार फाइबर मार्फत पोखरा क्षेत्रमा तीब्र गतिको… पुरा पढौ

रेडियोलोजिकल सोसाइटी प्रदेश नं. ४ मा तिवारी

रेडियोग्राफी पेशाकर्मीहरुको साझा संस्था नेपाल रेडियोलोजिकल सोसाइटीले प्रदेश नं. ४ को अधिवेशन प्रथम तथा शुभकामना आदनप्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । अधिवेशनले उदयकान्त तिवारीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । नव गठित कार्यसमितिको उपाध्यक्षमा श्याम सुन्दर पराजुली, सचिवमा विमल क्षेत्री, सहसचिवमा सुष्मा सिंह र कोषाध्यक्षमा ईश्वरी क्षेत्री निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा आत्मराम शाह, कृष्ण केसी, पुजा गुरुङ्ग, एलिसा गुरुङ्ग, भुवन अधिकारी, रामचन्द्र रेग्मी र विशाल गिरी पनि सर्वसम्मत निर्वाचित भएका छन् । नेपालीहरुको… पुरा पढौ

संगम सहकारी र युआरएलको संयुक्त आयोजनामा स्वास्थ्य शिविर

संगम बचत तथा ऋण सहकारी रामबजार र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को संयुक्त आयोजनामा शनिबार भएको निःशुल्क मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रक्त परीक्षणमा ३ सय ९ जनाको परीक्षण गरिएको छ । युआरएलले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो ४० औं शिविर हो । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. आशीष त्रिपाठीले वंशाणुगत, खानपिन र रहनसहनका कारणले बढी रोग लाग्ने गरेको बताए । उनले रोग लाग्नुअगावैको सतर्कता र सुरुकै अवस्था उपचार पाए धेरै रोग निको… पुरा पढौ

सिलिन्डर विस्फोट हुँदा दुईजना घाइते

 पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो सिलिण्डर विस्फोट हुँदा घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन् । घाइते दुबै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । पाण्डेको घरमा खाना पकाउनका लागि चुल्होमा जोडिएको ग्यास नबलेपछि नजिकै रहेका चालक विकास नेपालीले लाइटरबाट ग्यास सल्काउन खोज्दा एकैचोटि विस्फोट हुन पुगेको प्रहरीले बताएको छ । विस्फोटबाट दुवै जनाको हात, खुट्टा र अनुहारमा आगोले पोलेको… पुरा पढौ

रात्रि व्यवसायमा प्रहरी ‘आतंक’- प्रशासनसँग गुहार माग्दै लेकसाइडका व्यवसायी

‘रातिको ११ बज्नै हुन्न प्रहरी आइहाल्छ, कहिले त ११ पनि नबज्दै बन्द गर्न लगाउँदै आउँछ,’ एक दोहोरी व्यवसायीले भने, ‘बन्द गर्छौं भन्दाभन्दै अनेक बहाना बनाएर प्रहरीले दुख दिन्छ । घुमाउरो पारामा पैसाको बार्गेनिङ गर्छ । गाडी मर्मतदेखि सामान किन्नसमेत लगाउँछ ।’ ती व्यवसायीले भनेजस्तै २÷३ दिनअघि वडा प्रहरी कार्यालय बैदामका इन्स्पेक्टर वसन्त शर्मासहितको टोली चिप्लेढुंगास्थित नीरमाया दोहोरी साँझमा पुग्यो । शर्माले व्यवसायीलाई मापदण्ड पूरा गरेर राम्रोसँग व्यवसाय सञ्चालन गर्न सुझाव दिए । नीरमाया दोहोरी साँझका सञ्चालकका अनुसार सुझावसँगै उनले प्रहरी… पुरा पढौ

उच्च शिक्षाको लागि न्युजिल्यान्ड सम्भावना र चुनौती

पछिल्लो समयमा न्युजिल्यान्ड उच्च शिक्षाको लागि विभिन्न प्रश्नहरु आउने गरेको छ । त्यसै बिषयमा पोखराको चर्चित इन्सर्च इन्टरनेशनल का सन्चालक बिजय अधिकारी को बुझाइमा न्युजिल्यान्ड बारे जानकारी यस्तो छ । सन 1953 मा न्युजिल्यान्ड नागरिक सर एड्मन हिलारि सर्बोच्च शिखर सगरमाथा मा पहिलो पाइला राखे सङ्गै नेपाल र न्युजिल्यान्ड बिचको सम्बन्ध सुमधुर मानिन्छ । New Zealand सन 2014 बाट नेपाली विद्यार्थी हरुको बिशेश गन्तव्य स्थान बन्न गएको पाइन्छ । कस्तो Profile भएको विद्यार्थी NZ पढ्न जान योग्य मानिन्छ अथवा NZ… पुरा पढौ

निजि अस्पतालमा २५ रुपैयामा जाँच

निजि अस्पतालले पनि सरकारी अस्पतालकै दरमा ओपिडि सेवा दिने भएको छ । पोखराको शिबचोकमा सञ्चालनमा आएको अन्नपुर्ण बाल तथा महिला अस्पतालले स्वास्थ्य जाँच गराउन २५ रुपैयाँमै टिकट दिने ब्यबस्था गरेको अस्पतालका डाईरेक्टर तथा मुटुरोग बिषशज्ञ डा. आशिश त्रिपाठीले जानकारी दिए ।  महिला र बालबालिकाको लागि प्रदेश नम्वर ४ मै पहिलो अस्पतालको रुपमा सञ्चालन गरिएको उक्त अस्पतालले टिकटमै बिरामीलाइ नर्तसाउने हिसावले अन्यन्त सस्तो दरमा जाँच गराउन सुरु गरिएको जनाएको छ । । महिला संबन्धी सबै प्रकारका उपचार ब्यबस्था रहेको अस्पताल हालै… पुरा पढौ

नेपाल आइडलको उपाधी बुद्ध लामालाई

कतारको सनैयाको एम्पिथेटरमा सम्पन नेपालको चर्चित रियालिटी सो नेपाली आइडल ग्रण्ड फिनालेबाट धादिङको लापा घर भई पोखराको नयाँ बजार बस्दै आएका बुद्ध लामा पहिलो नेपाल आइडल बन्न सफल भएका छन । उनले यसअघि पनि सर्वाधिक भोट प्राप्त गर्दै आएका थिए । शुक्रबार कतारमा सम्पन ग्राण्ड फिनालेबाट ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोटमा बुद्धले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाली आइडल बन्न सफल भएका छन् रियालिटी शो को शुरुदेखि… पुरा पढौ

“शिक्षाको नवौ संसोधन खारेज गर” भन्ने नारासहितको कालो ब्यानर प्रदर्शन गर्दा गर्दै नयाँ शक्ति बिध्यार्थी युनियनका ९ बिध्यार्थी नेता पक्राउ ।

पोखरामा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई "शिक्षाको नवौ संसोधन खारेज गर " भन्ने नारा सहितको कालो ब्यानर प्रदर्शनको क्रममा नयाँ  शक्ति बिध्यार्थी युनियनका ९ जना नेता कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँ  शक्ति बिध्यार्थी युनियनका महासचिव नेत्र चापागाइ, सचिव रेशम साप्कोटा , बिकल पौडेल ,प्रदेश न ४ अध्यक्ष सुनिल पौडेल ,सचिव सङ्गीत लामिछाने , नेताहरु शिब लामिछाने लगायतका रहेका छन । पुरा पढौ

इञ्जिनियरिङ होस्टलमा तोडफोड र आगजनी

 इञ्जिनियरिङ पढाइ हुने मुलुककै प्रतिष्ठित शैक्षिकथलो इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौरमा विद्यार्थीबाटै हुलहुज्जत र तोडफोड भएको छ । क्याम्पसका स्ववियु सभापतिको छात्रावासको कोठा फोडेर आगजनी गरिएको हो । बुधबार राति नेवि संघ क्याम्पस एकाइ सभपतिको टोलीले होस्टलभित्र प्रवेश गरी यस्तो कार्य गरेको सुरक्षामा खटिएका कर्मचारीले जनाएका छन् । एकाइ सभापति अमन भुषाल, टेक पनेरु र सागर चौहानको टोलीले हुलहुज्जतका साथ होस्टल फोडेर भौतिक क्षति पुर्‍याएको रिपोर्ट उनीहरुले क्याम्पसलाई बुझाएका छन् । आक्रमणबाट स्ववियु सभापति इन्द्र पौडेलको कोठाको फर्निचरमा क्षति पुगेको छ भने कपडा… पुरा पढौ

Facebook Auto Publish Powered By : XYZScripts.com