ताजा समाचार

खेलकुद

पिएसजीका प्रशिक्षकको घरबाट नेइमारको जर्सी सहित ट्रान्सफर सम्बन्धी महत्वपूर्ण दस्तावेजचोरी

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनका प्रशिक्षक उनाई इम्रेको १६ डिस्टि्रक, पेरिसमा अवस्थित घरमा बिहीबार बिहानै चोरी लाग्यो । जवकि प्रशिक्षक इम्रे फ्रेन्च लिग कपको खेलका लागि स्ट्रासवर्गमा थिए । उनकी पत्नीले जनाएअनुसार घरबाट नेइमारको दुईवटा जर्सीसहित क्लवको ट्रान्सफर सम्बन्धी महत्वपूर्ण दस्तावेज चोरी भएको छ । जम्मा जम्मी करिव २० हजार युरो बराबरको सामान चोरी भएको प्रारम्भिक अनुमान छ, जसमा एउटा रोलेक्स घडी र दुईवटा च्यालन ब्याग समावेश छ । पुरा पढौ

पोखरा राइनोज्मा तिन बिदेशी खेलाडी अनुबन्धित

भीएस एभेरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोज् समूहले आफ्नो तयारि जोडतोडका साथ गरिरहेको जानकारी गराएको छ । नेपालको ईतिहासमानै सबै भन्दा बिशाल क्रिकेट महोत्सबका रुपमा चर्चा गरिएको सो खेलकालागि समुहले ३ बिदेशी खेलाडी समेत समाबेश गराएको जानकारी दिएको छ । समुहले छनौट गरेका बिदेशी  खेलाडीहरुमा पाकिस्तानी मुलुकका इसरार उल्लाह, अलि आशिफ र ताजवाली रहेको आज पोखरामा भएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । खेलाडी मध्य इसरार उल्लाह क बर्गमा पर्ने खेलाडी हुन् भने उनि पाकिस्तानको पेशावरका लागि खेल्दछन । त्यसैगरी अलिआशिफ ईस्लामावाद युनाइतेड्का… पुरा पढौ

नेइमार रियल मड्रिड गए दुःखी हुनेछुः इनिष्टा

बार्सिलोनाका कप्तान आन्द्रेस इनिएष्टाले स्वीकार गरेका छन् कि पूर्व टिममेट नेइमारले रियल मडि्रड जाने निर्णय लिए भने उनी निक्कै दुःखी हुनेछन् । यसै सिजन अनुबन्ध भएपछि नेइमार पेरिस सेन्ट जर्मेइनमा शानदार प्रदर्शन गरिरहेका छन् । तर, पछिल्लो समय नेइमारले रियल मडि्रडसँग सम्झौता गर्न सक्ने खबरहरु आइरहेको छ । ‘हो, यस्तो भएमा म निक्कै दुःखी हुनेछु किनकि उनी निर्णायक खेलाडी हुन्’ उनले भने, ‘उनको आगमन भएमा हाम्रो चीरपरिचित प्रतिद्वन्द्वी निक्कै बलियो हुनेछ ।’ ‘फुटबलमा जे पनि सम्भव हुन्छ र हामीले देखिसकेका… पुरा पढौ

म्यानमार १३ रनमा अलआउट, नेपाल ३३७ रनले विजयी

एसीसी अन्डर सिक्सटिन इस्र्टन रिजन च्याम्पियनसिप अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले म्यानमारलाई तीन सय ३७ रनले पराजित गरेको छ । जितसंगै नेपाल समुह ए बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाउदै तीन सय ५० रन बनायो । नेपालका लागि कप्तान रित गौतम सतकिए पारी खेले । पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेको नेपालका लागि कुशल मल्लले ३६ रन बनाए । त्यसपछि सुवास ऐयर… पुरा पढौ

एसिसि यू १६ इष्टर्न रिजन क्रिकेट:नेपालले दियो म्यानमारलाई ३ सय ५० रन लक्ष्य

१६ वर्षमुनिको एसिसि पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले म्यानमारलाई ३ सय ५१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रनको ठुलो योगफल बनाएको हो । नेपालका लागि कप्तान रित गौतमले नटआउट १ सय ६ र प्रतिश जिसिले नटआउट ६३ रन बनाए । यस्तै तृतराज दाशले ६४ रनको योगदान गरे । ७८ बल खेलेका रितले १ सय ६ रन बनाउने क्रममा १४ चौका प्रहार गरेका थिए । यस्तैप्रतिशले ३१… पुरा पढौ

एसीसी यु-१६ क्रिकेटमा आज नेपालले म्यानमारसँग खेल्दैे

एसीसी अण्डर सिक्सटिन क्रिकेट च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । यसअघि नैं लगातार दुई खेल जितेर प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको नेपालका लागि आजको खेल समुह विजेता बन्ने अवसरको रुपमा रहेको छ । थाईल्याण्डमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई एक सय ३३ रनले हराएको थियो । दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पुरा पढौ

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको कीर्तिमान

स्वान्सी सिटीलाई गए राति ४–० को जितसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा नयाँ कीर्तिमान बर्नाका् छ । लिगमा लगातार १५ खेल जित्दै सिटीले आर्सनलले सन् २००२ मा बनाएको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान बनाएको हो ।   आर्सनलले २००१/२००२ मा लगातार १४ खेल जित्दै कीर्तिमान बनाएको थियो । स्वान्सीसँग खेलमा डेभिड सिल्भाले २ तथा केभिन डी ब्र्युआइन र सर्जियो अगुएरो समान १ गोल गरे । सिटीले २७ औं मिनेटमा सिल्भाको गोलमा अग्रता लिएको थियो । ३४ औं मिनेटमा डी ब्र्युआइनले गोल गर्दै… पुरा पढौ

हडर्सफिल्ड विरुद्ध चेल्सी विजयी

साविक विजेता चेल्सीले गए राति प्रिमियर लिगमा हडर्सफिल्डलाई ३-१ ले हराएको छ । चेल्सीको जितमा मिडफिल्डर विलियन नायक सावित भए ।   खेलको २३ औं मिनेटमा विलियनको पासमा टेमो बाकायोकेले गोल गर्दै चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको अन्त्यतिर विलियन आफैंले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफको सुरुवातमा चेल्सी थप १ गोल गर्न सफल रह्यो र विलियन फेरी त्यसमा संलग्न भए । विलियनको पासमा पेड्रोले गोल गर्दै स्कोर ३-० बनाएका थिए । खेलको… पुरा पढौ

साफ च्याम्पियनसिप अर्को वर्ष बंगलादेशमा हुने

दक्षिण एसियाली राष्ट्रबीच फुटबलमा सबैभन्दा ठूलो मानिएको साफ च्याम्पियनसिप अर्को वर्ष बंगलादेशमा आयोजना हुने भएको छ । च्याम्पियनसिप ढाकामा सेप्टेम्बर ५ देखि १५ सम्म आयोजना हुने साफले जनाएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हरेक दुई वर्षमा आयोजना हुने भनिएपनि यसपटक झन्डै एक वर्ष ढिला हुन लागेको हो । यसअघि यहि डिसेम्बरमा आयोजना हुने बताइएको थियो । साफमा नेपालसहित सर्वाधिक सफल टोली भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सको सहभागिता रहनेछ । सन् २०१३ को विजेता अफगानिस्तान… पुरा पढौ

थाइल्यान्डमा नेपालको लगातार दोस्रो जित, हङकङ ४ विकेटले पराजित

 नेपालले थाइल्यान्डमा जारी एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावनलाई बलियो बनाएको छ । दोस्रो खेलमा नेपालले आज हङकङलाई ४ विकेटले हराएको छ । हङकङले छाडेको ८३ रनको लक्ष्य नेपालले २४.१ ओभरमा ६ विकेट गुमाएर ८४ रन जोड्दै जित हासिल गरेको थियो । पहिलो दिन नेपालले थाइल्यान्डलाई १ सय ३३ रनले हराएको थियो । नेपालको जितमा त्रितराज दासले सर्वाधिक २७ रन जोडे । उनले ४६ बलमा ३ चौका प्रहार गरेका थिए ।… पुरा पढौ

Facebook Auto Publish Powered By : XYZScripts.com